Sunday 24th of June | २०७५ असार १० आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७४ साल फागुन ३० गते बुधवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ३० बुधबार |
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७४ । नेपाल सं. ११३८ । योग सं. ३९ । फागुन महिनाको ३० गते बुधवार ।
अँग्रजी मितिः ई.सं. २०१८ मार्च महिनाको १४ तारिख ।
तिथीः उत्तरायण, शिशिर ऋतु चैत्र कृष्णपक्षको द्वादशी तिथी, १५ः२५ बजेपछि त्रयोदशी तिथी ।
योगः शिव योग, २१ः५१ बजेपछि सिद्ध योग ।
नक्षत्रः श्रवण नक्षत्र, १४ः५८ बजेपछि धनिष्ठा नक्षत्र ।
करणः तैतिल करण १५ः२५ बजेसम्म, उपरान्त गर करण ।
चन्द्रमाः मकर राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः१७ बजे ।
काठमाडौंमा सूर्यास्तः १८ः११ बजे ।
राहुकालः १२ः१४ बजेपछि १३ः४३ बजेसम्म ।
यात्राः राहुकाल र अशुभवेला छाडी, शुभमुहूर्त पारी पूर्व एवं दक्षिण दिशाको लागि उपयुक्त ।


आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अबरोधको बाबजुत पनि केही महत्त्वपूर्ण उपलब्धि गर्न सकिने छ । राज्यको निकायबाट आवश्यक काम लिन सकिनेछ । मान–सम्मान र उच्च संपर्क विस्तार हुनसक्ने सम्भावना पनि रहेको छ । पेशा तथा व्यवसायको स्तरबृद्धि हुनाले आर्थिक लाभ पनि हुनेछ । राजनीतिक तथा समाजसेवाका कार्यमा जिम्मेवारी मिल्नसक्ने छ । नयाँ कार्यको प्रस्ताव आउन पनि सक्नेछ । आज यहाँलाई रातो रङ्ग, एक अंक शुभ हुनेछ भने अबरोध निवृतिको लागि भगवान भैरवदेवको दर्शन भक्तिले अबरोेधलाई कम गर्न मद्दत मिल्नेछ ।


वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन केही दबाब र अपयशको बाबजुत पनि पूण्यार्जन गर्ने अवसर मिल्ने ग्रहगोचर परेको छ । अध्यात्मिक तथा आस्तिक भावना बृद्धि हुने र धार्मिक कार्य सम्पादन गर्नसकिने छ । आँतमा खराबी र कान्तिमा मलिनताको संभावना रहेपनि व्यवसायिक उन्नति पनि हुन गइ आर्थिक लाभ पनि गर्नसकिने छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको सम्भावनालाई पनि ग्रहले लक्षित गरिरहेको देखिन्छ । आँटेको काममा थप आत्मबलको साथमा अघि बढ्दा हुनेछ । नौ अंक पहेलो रंगको उपयोग र धार्मिक क्षेत्रलाई सहयोग गर्नु विशेष हितकर हुने देखिन्छ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउनसक्ने ग्रहगोचर रहेकोले आहारविहारमा ख्याल पुर्याउनु पर्ला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ जसको लागि सकारात्मक सोँचको विकास गर्नु तथा धैर्य र संयमको अभ्यास गर्नाले आकस्मिक लाभ र अन्तिममा केही सहज हुने देखिन्छ । सावधानि पूर्वक गरिने कार्यबाट केही लाभ पनि हुनेछ । आठ अंक, रातो रङ्ग आज यहाँको लागि शुभ रहनेछ भने बाधाबिघ्न निवारणको लागि दीनदुःखी तथा रोगीको सेवा गर्नु उपयुक्त हुनेछ ।


कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन अवसर प्राप्त हुनेछ जसलाई सदुपयोग गर्न भने सक्नु पर्नेछ । दाम्पत्यजीवन तथा प्रेमसम्बन्धमा प्रगाढता छाउने छ । व्यवहारिक कुशलताको विकास हुनेछ भने व्यवसायमा उन्नति हुनगइ लाभ मिल्नेछ । विपरितलिङ्गीको सहकार्यले विशेष काम बनाउन सहज हुनेछ । नातासम्बन्ध एवं आफन्तजनबाट सहयोग प्राप्त हुनेछ । सात अङ्क, सेतो रङ्गको प्रयोग र भगवान लक्ष्मीनारायणको स्तुति आज तपाईको लागि फापकर हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन शुक्रग्रहको केही अबरोधको बाबजुत पनि पुरुषार्थ बढ्ने दिन देखिएको छ । महत्त्वपूर्ण काम सम्पादन गर्दा शुक्र बाधा निवारणको कुनै उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ । उन्माद्लाई संयम गरेर समयको सदुपयोगपूर्वक स्वकर्ममा केन्द्रित हुनसकेमा केही कार्यहरु संपादन गर्न सकिनेछ । विपक्षीसँग रणनीतिक सम्झौता गर्नुले पनि फाइदा गर्नेछ । व्यवसायमा लक्ष्मीको कृपा प्राप्त हुने र आर्थिकभार हल्टो हुनेछ । आज यहाँलाई छ अंक, हरियो तथा निलो रङ्ग शुभ हुनेछ भने भैरवदेवको सेवा आराधना एवं स्तुति उपाशना फापकर हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन सोँचेकै विषयको नभएर अर्कोतर्फको काम बन्ने हुनसक्ने छ । गम्भीरता पालन गर्नसकेमा विद्यार्थी वर्गले ज्ञानात्मक प्रगति गर्नसकिने छ । उठेको प्रसङ्गलाई बिटमार्न कठिन पर्नसक्ने ग्रहगोचरको प्रभाव भएकोले आवश्यकभन्दा बढी विषयमा प्रवेश नगरेको राम्रो हुनेछ । आत्मप्रसंशाको मनोभाव बढ्नसक्ने र दोस्रोपक्षबाट सो कुराको निग्रानी हुनसक्ने भएकोले चनाखो रहन जरुरी पर्नेछ । पराईको निन्दा चर्चामा भुल्दा स्वकार्य अधुरो रहनसक्ने तर्फ पनि ख्याल पुर्याउनुहोला । आज यहाँको लागि पाँच अंक, रातो रङ्गको प्रयोग र लक्ष्मीनारायण भगवानको सेवा आराधना गर्नाले शुभ हुनेछ ।

 


तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन बैठक आदिमा मत बाझिने र असमझदारी गराउने भूमिकामा ग्रहको प्रवलता देखिन्छ । सहकर्मी तथा मित्रवर्गसँग द्वन्द हुनसक्ने र चलिरहेको कार्यमा अबरोध आउनसक्ने एवम् वेचैनी बढ्नसक्ने साथै छरछिमेकी तथा हितैसीसँगको सम्बन्धमा तुषारो पर्नसक्ने भएकोले होसियार हुन जरुरी छ । मानसिक संकिर्णताको कारणले कार्यमा प्रतिकूलता आउनसक्ने भएकोल मानसिक धैर्यतालाई धारण गर्नु बुद्धिमानी हुनेछ । यी सामान्य प्रतिकूलताको बाबजुत पनि सावधानिपूर्वक स्वकर्ममा रत् रहनाले पेशा तथा व्यवसाय एवम् कर्मक्षेत्रबाट आकस्मिक लाभ गर्न सकिनेछ ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन पराक्रम बढेर आएकोले सानातिना काममा सफलता मिल्ने छ । रपनि अल्लि बढी महत्त्व दिएको काममा भने अड्चन नआउला भन्न सकिन्न । नविन कार्ययोजनाको जमर्को हुने तथा प्रस्ताव पनि आउनसक्ने छ । उत्साह तथा उमङ्गिलो दिन परेकोले समयको सदुपयोग गर्नाले व्यवसायमा प्रगती तथा लाभ हातपार्न सकिने छ । सहयोग पनि प्राप्त हुनेछ । साथै परिश्रमले सफल भैनेछ । खेलकुद आदि प्रतिस्पर्धामा सफलता मिल्ने छ भने अभिष्ट कार्यसिद्धि हुनेछ । दाजुभाईबीचको द्वन्द पनि सुल्झने छ । आज तीन अङ्क, हरियो रङ्गको प्रयोग र भगवान भैरवदेवको श्रद्धाभक्ति गर्नु तपाईको लागि शुभप्रद हुनेछ ।


धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन केही सावधानी अप्नाउनु पर्नेछ । वाणीको ओज घट्नसक्ने ग्रहगोचर रहेकोले मान्छेहरुसँगको बोलीचालीमा ख्याल पुर्याउनु पर्ला । पेशा तथा व्यवसायबाट केहीहद्सम्म धनखजाना जम्मा हुने तथा आफन्तहरूबाट सहयोग मिल्ने एवम् उत्साह उमङ्ग हुने भएपनि सम्पत्ति दुरूपयोगको संभावनालाई पनि नकार्न सकिन्न । निराधार आश्वासनको भरविश्वास नगरेकै राम्रो हुनेछ । विपरित खानपानको संगतमा पर्नसकिने पनि सम्भावना देखिएको छ । सोँचविचार पूर्वक व्यवहारिक बनेर प्रस्तुत भएमा नगरीनहुने काम केहीहद्सम्म अगाडि बढाउन सकिनेछ भने आंशिक लाभ पनि गर्नसकिने छ । आज तपाईँको लागि भगवान लक्ष्मीनारायणको सेवाभक्ति गर्नु लाभप्रद हुनेछ ।


मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन अनुकूल रहेको छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख शान्ति र मानप्रतिष्ठा बृद्धि हुनेछ । रोकिएर रहेको कार्य पूर्ण गर्न तथा अभिष्ट कार्यमा सफलता प्राप्त गर्न सकिने छ । सामान्यतया कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने सामाजिक कार्यमा सरिक हुनपाइने छ । नयाँ कार्यमा लगानीको सम्भावना पनि देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्गको प्रयोग फापकर हुनेछ भने भगवान श्रीहरिको दर्शन भक्ति फापकर हुनेछ ।


कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आजको दिन संघर्षको अनुभूति गराउने खालको रहेको छ । साविकभन्दा बढी कोसिस गरेर मात्रै काम सुल्झाउन सकिएला । खर्चका बहानाहरु बढ्नसक्ने र काममा पनि केही झमेला तथा ब्याबधान आउनसक्ने सम्भावना छ । झुटो आरोपको पनि सम्भावना भएकोले सावधानीपूर्वक आवश्यकमात्रै जनव्यवहारमा चेष्टा गर्नु पर्ला । हतारभन्दा पनि सोँचविचार गरेर मात्रै प्रस्तुत हुनु बुद्धिमानी हुनेछ । बुद्धि र संयमको अभ्यासले परिणाम आफ्नो पक्षमा ल्याउन र आकस्मिक केही लाभ एवं उपलब्धि हासिल गर्न सकिनेछ । आज यहाँलाई तीन अंक, पहेंलो रङ्ग र माँ लक्ष्मीको सेवा आराधना शुभकर हुने छ ।


मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन उपलब्धि हुन खोज्ने तर अपेक्षा गरेजति हुन नसक्ने खालको समय छ । सपना तथा आश्वासन ठूलो हुने तर प्राप्ति हुन हात्ति आयो हात्ति आयो फुस्सा भनेजस्तो पर्नसक्ने छ । तथापि शरीरमा स्फुर्ति र काममा रुचि बढ्ने, स्वजनबाट मद्दत मिल्ने, समस्याको निकास निस्कने र दैनिकी व्यवसायबाट केही लाभ गर्नसकिने छ । आँट साहासपूर्वक कुनै कार्यको लागि पूर्वतयारी पूरा गर्ने जस्ता कार्यमा मन दिनु उचित हुनेछ । दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान श्रीगणपतिदेवको सेवा आराधना गर्नु र भगवान श्रीहरिको स्तुति आराधना गर्नाले अपेक्षित उपलब्धि हातपार्न मद्दत हुनेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan