Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अर्थमन्त्री आज दिल्ली जाने, गृहमन्त्रीप्रति अविश्वास

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ३० बुधबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३० फागुन । प्रधानमन्त्री ओलीका विशेष कृपा र विश्वासपात्र अर्थमन्त्री युवराज खतिवडा आज विशेष सन्देशसहित दिल्ली जाँदैछन् ।

यद्यपि आजैदेखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने प्रतिआतंकवाद सम्मेलन २०१८ (काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उनी दिल्ली जान लागेका हुन् । सुरक्षा सम्बन्धि कार्यक्रममा नेपालका अर्थमन्त्रीको सहभागिता ? यो भन्दा हाँसो लाग्दो कुरा के हुन्छ ?

भित्री कुरो प्रधानमन्त्री नरेन्द्र मोदीलाई विशेष सन्देश पठाउँदैछन् प्रम ओलीले र त्यही सन्देश पु¥याउन र भारत र नेपालबीचका सम्बन्धलाई दायाँ बायाँ हुन नदिने प्रतिवद्धता सन्देशमा उल्लेख भएको हुनुपर्ने अनुमान गरिएको छ ।

गृहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्रीको विशेष भेटवार्ता हुनेछ र त्यही भेटमा सन्देश हस्तान्तरण गरिनेछ ।
प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापालाई विश्वास नगरेको संकेत अर्थमन्त्री चयनले स्पष्ट पारेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan