Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उपेन्द्रका चालकलाई पनि छाडिनन् रेणुले, ‘मलाई मन्त्री नबनाउने हो भने जे पनि गर्छु’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत १ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,१ चैत । मन्त्री बन्न नेताहरूले केसम्म गर्न भ्याउँछन् भन्ने उदाहरण रेणु यादवले दिएकी छिन् । संघीय समाजवादी फोरम नेपालकी उपाध्यक्ष यादवले मन्त्री बन्नका लागि गुट सिर्जना गरेर बखेडा गरेको रहस्य बाहिर आएको छ ।

यसअघि पटक–पटक मन्त्री बनेर लाभको पद लिइसकेकी यादवले मन्त्री नबनाए जे पनि गर्ने भनेर अध्यक्ष उपेन्द्र यादवलाई धम्की दिएको उच्च स्रोतले जनाएको छ । ‘अध्यक्ष उपेन्द्र यादवविरुद्ध रेणु यादव खुलेर मोर्चाबन्दी गर्नुभएको छ’, एक पदाधिकारीले भने,‘उहाँले अध्यक्ष यादवका हरेक गतिविधीलाई नियाल्न सुराकी पनि प्रयोग गर्नुभएको छ ।’

स्रोतका अनुसार उपाध्यक्ष यादवले नेवाः प्रदेशका सदस्य सन्तोष सिलवाललाई प्रयोग गरेकी छिन् । त्यति मात्रै होइन नेतृ यादवले उपेन्द्र यादवका चालक रमाकान्त साहलाई पनि आफ्नो बसमा पारेको स्रोतको दाबी छ ।

सिलवाल र साहमार्फत अध्यक्ष यादवको सूचना लिएर सोहीअनुसारको नेतृ यादवले रणनीति बनाउँदै आएकी छिन् । ‘मलाई मन्त्री नबनाउने हो भने जे पनि गर्छु’, उपाध्यक्ष यादवको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘म जस्तो सक्षम नेतृलाई मन्त्री बनाउनु पर्छ । होइन भने उपेन्द्र यादवको बेहाल बनाउँछु ।’

संघीय फोरममा गुट चलाएर बसेकी उपाध्यक्ष यादवका गतिविधीबाट अध्यक्ष यादव आजित बनेका छन् । रेणुको पछिल्लो गतिविधिका कारण प्रधानमन्त्री केपी ओलीसँग वार्ता र सम्वाद गरेर सरकारमा सहभागी हुन अन्तिम तयारी गरिरहेका अध्यक्ष यादव समस्यामा परेका छन् ।

यतिबेला उपेन्द्रलाई ‘आफू त महादेव उत्तानो पर, कसले देव वर’ झै भएको छ । ओली र यादवबीच लिखित सहमति हुन मात्रै बाँकी छ ।तर, सहमतिलाई भाँड्ने गरेर नेतृ यादवले गतिविधी गरेपछि संघीय फोरमका नेताहरू आक्रोशित भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अध्यक्ष यादवले ओली नेतृत्वको सरकारमा प्रतिनिधि सभामा प्रत्यक्षमा जितेका सांसदलाई मात्रै मन्त्री बनाउने भित्री तयारी गरेका छन् । अध्यक्ष यादवको योजना थाहा पाएपछि उपाध्यक्ष यादवले गुटको राजनीति सुरु गरेकी हुन् । उपाध्यक्ष यादव समानुपातिक सांसद हुन् । अध्यक्ष यादवले बनाएको मापदण्डअनुसार नेतृ यादव मन्त्री बन्न पाउने छैनन् । यूनाइटेड पोष्टबाट ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan