Monday 23rd of April | २०७५ बैशाख १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लालीगुराँस सहकारी भित्र–भित्रै खोक्रो बन्दै, यी हुन संस्था डुबाउने !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २ शुक्रबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २ चैत । सम्बन्धित निकायले नजर नडुलाउँदा अहिले राजधानीमा रहेका एक सहकारी संस्था रुसातलमा पुगेको छ । पुल्चोकमा रहेको लालीगुराँस बहुउद्देश्य सहकारी संस्था त्यही संस्था हो जसको सान बेग्लै छ ।

यो पनि पढ्नुहोस् ।   सिआईबीद्धारा छापा, पक्राउ परेका १३ जनाको नाम सार्वजनिक, को को पक्राउ परे ? (तालिका सहित)

तर, उपत्यकामै सहकारीमध्ये अग्रपंक्तिमा गनिए पनि अहिले सो संस्था भासिँदैछ । संस्थाका कार्यकारी प्रमुख अधिकृत सुरेन्द्र भण्डारीको मनोपोलीले ग्राहक, शेयरधनीहरु तित्तरवित्तर हुन पुगेका छन् । उनी नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष समेत हुन् ।

प्रधान कार्यालय पुल्चोकमा रहेको हाल सहकारीको ललितपुर, चाबहिल, भक्तपुरमा शाखा कार्यालयहरु सञ्चालनरत छन् । तर संस्थाका प्रमुख भण्डारीको एक पछाडि अर्को गरि कला कर्तुतहरु बाहिनि थालेका छन् ।

गत ११ फागुनमा सम्पन्न बहुउद्देश्यीय सहकारी संघको पाँचौं निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका ब्यक्ति हुन् । यद्यपि पर्दा पछाडि भण्डारी अध्यक्ष बन्नुको खेल कहाली लाग्दो छ । आफ्ना प्रतिस्पर्धी तथा अध्यक्षका दाबेदार बद्रीप्रसाद भट्टराईलाई गुण्डागर्दी शैलीमा थर्काउँदै उम्मेदवारी दिनबाट रोकेका थिए ।

यसपछि अध्यक्ष पद हत्याएको उजुरी यो कुरा एक कान दुई हुँदै सहकारी विभागमा समेत दर्ता भइसकेको छ । पछि आफूलाई साह्रै असह्य भएपछि तिनै सहकारी संस्थाका प्रतिनिधि बद्रीप्रसाद भट्टराईले निर्वाचन अवैधानिक भएको भन्दै सहकारी विभागमा उजुरी हालेको हुन् ।

त्यो विषयको उजुरी दर्ता विभागका रजिष्ट्रार केशवप्रसाद रेग्मीले गरेका हुन् । पत्याउन गाह्रो पर्ला तर अहिले कार्यकारी प्रमुख भण्डारीका कारण सहकारी संस्था डुब्ने अवस्थामा पुगेको सेयरधनीहरुले गुनासो पोख्ने गरेका छन् । उपत्यकामा यतिका धेरै सान र दाम दुवै कमाएको संस्था डुब्दै जानुका पछाडि भने नातागत सम्बन्धहरु देखा परेका छन् ।

आफन्त तथा नातेदारहरुलाई कुनै मञ्जुरीबिनै ऋण दिलाउने तर अन्य सहकारीका ग्राहकहरुलाई बाइकट गर्ने प्रवृत्ति हावी भएपछि संस्था डुब्ने अवस्थामा पुगेको हो । खासमा उनले आफन्तलाई दिएको ऋणबाट मोटो कमिसन लिँदै आएका थिए ।

अर्कातिर, ऋण प्रवाह गर्दा सहकारीको विनियमावलीअनुरुप लगानी गर्नुपर्ने भए पनि उनले त्यो नियमलाई लात हान्दै आफूअनुकूल सहकारी बनाए पनि हालसम्म उनको कुनै झारफुक हुन सकेको छैन । जसरी सुधीर बस्नेत र कमल ज्ञवालीहरुले सयौं गरिब सर्वासाधारणबाट करोडौं उठाएर तिनलाई सडकमा पुर्याएका थिए ।

अहिले त्यहि शैलीमा उदय भएका छन् भण्डारी । उनकै कारण बाहिरबाट चिरिच्याट्टझैं सहकारी भित्रभित्रै खोक्रो बन्दै गएको सेयरधनीहरुको गुनासो छ । उनीहरुका अनुसार, भण्डारीले संस्थाको नीति नियम लत्याउँदै आफन्तलाई कर्जा प्रवाह गर्दा कुनै कानुन प्रक्रियाबिनै कर्जा प्रवाह गर्ने तर त्यसरी दिइएको ऋण हालसम्म असुल गर्न नसकेको संस्थाका एक सञ्चालकले जानकारी दिए ।

ती सञ्चालकका अनुसार, ऋण असुल्न नसकेको कारण सहकारीले प्रवाह गरेको ऋणलाई खराब कर्जामा राख्न बाध्य छ लालीगुराँस ।

संस्थाको नियममै रहेको जस्तो देखाएर आफ्ना नजिकका व्यक्तिर्लाइ फस्ने भन्ने जान्दा जान्दै ऋण प्रवाह गर्ने र सहकारी डुबाउने खेलमा उनी लागेको भन्दै नियामक निकाय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनीविरुद्ध उजुरी परेपछि यस्तो खुलासा भएको हो ।

हाल सहकारीले लालीगुराँस अस्पताल, लाइफार्मदेखि विद्यालय र कलेजसमेत चलाउँदै आएको छ । यतिका धेरै संस्थाको पहुँच भए पनि भण्डारीले पदीय दुरुपयोग गर्दै मनोमानी रुपमा मोटो रकम लिएर ऋण प्रवाह गरेको अनुसन्धनमा खुल्न आएको हो ।

अनुसन्धानका क्रममा थाहा हुन आएका यी माथिका घटनाहरु त सामान्य झैं भए । तर, उनले यतिसम्म गरेका छन् कि अनुसन्धानकै शिलशिलामा सहकारीबाट लगानी गरिएको ऋण फायलहरु पल्टाउँदा उनी आफैंले तीन प्रतिशत ब्याजमा मोटो रकम कर्जा लिएको तथ्य समेत प्रकाशमा आएको छ ।

भण्डारीले ६ वर्षका  लागि तीन प्रतिशत ब्याजदरमा मोटो रकम कर्जा लिएका छन् । जसको म्याद आगामी २०७८ सम्मको भाका राखिएको छ । सहकारी मन्त्रालयका सहसचिव रघुराम विष्टले सहकारीकै कर्मचारी सदस्य भए पनि कर्मचारी भएकै हिसाबले सस्तो ब्याजदरमा कर्जा लिनु वेथितिको पराकाष्ठा भएको प्रतिक्रिया दिएका छन् ।

यसरी संस्थाको सेयरधनीहरुलाई तथा ग्राहकहरुलाई चुस्ने र आफू र आफन्तलाई पोस्ने धन्दावाल उनी राप्रपा निकट मानिन्छन्, खासखबर साप्ताहिकमा उल्लेख छ ।

लगानीकर्ताको ढड्डा पल्टाउँदा लालीगुराँसमा अधिकांश राप्रपाका नेताहरुको लगानी रहेको स्रोत बताउँछ । राष्ट्रिय पार्टी बन्नबाट बञ्चित राप्रपा अध्यक्ष कमल थापाको पार्टी छाडेका दिलनाथ गिरीदेखि केशव बहादुर विष्टसम्मको सेयर रहेको बताइन्छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan