Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खुमबहादुर बिरामी हुँदा देउवा कमजोर

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ४ आइतबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ४ चैत । खुमबहादुर खड्का बिरामी भएर दिल्लीमा उपचार गराइरहदा यता सभापति शेरबहादुर देउवा कमजोर देखिन थालेका छन् ।

बरिष्ठ नेता रामचन्द्र पौडेलले देउवालाई ¥याख¥याख्ती पार्न थालेपछि पार्टीभित्र पदाधिकारी विवाद चुलिदै गएको छ ।

यतिमात्र होइन, विशेष अधिवेशनको कुरा र शशांक कोइरालालाई सभापति बनाउने मामिला समेत भुसभित्रको आगो बन्न थालेको छ । यो पनि पढ्नुहोस : कांग्रेस बैठकमा हिन्दुराष्ट र संघीयता खारेज गर्ने विषय प्रवेश हुँदै ,बैठक चैत ९ गतेदेखि

रामचन्द्र पौडेलले सभापतिलाई अधिवेशनको दुईवर्ष बितिसक्दा पनि केन्द्रीय पदाधिकारी नियुक्त गर्न नसकेको, पूर्णता दिन नसकेको र सभापतिकै कारण कांग्रेसले मुखै देखाउन नसक्ने गरी चुनाव हराएको आरोप समेत लगाएका छन् ।

महासमिति बैठक बोलाएर संविधानअनुसार संघीय संरचनामा पदाधिकारी बढाउनु पर्ने माग पनि छ पौडेलको ।


नेतृत्व विकास हस्तान्तरणभन्दा गुटगत स्वार्थका आधारमा विधान संशोधन गरेर पदाधिकारी बढाउने खेल हुँदा कांग्रेसमा यो विषय पटक पटक बल्झिँदै आएको छ ।

देउवाका विशेष सहयोगीका रुपमा प्रभावशाली नेता खुमबहादुर खड्का थिए । उनको प्रभावका कारण देउवाका सामु कसैले औंलो ठड्याउन सकेका थिएनन्, खड्काको स्वास्थ्यजस्तै देउवाको पार्टी शासन पनि कमजोर बन्दै गएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan