Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘हिरोज’ को यो प्रितिमा करिश्मा र मुकेशको रोमान्स (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ५ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं । अभिनेत्री पूर्णिमा लामाले निर्माण गरेको ‘हिरोज’ फिल्ममा समाबेश यो प्रित बोलको गीत सार्वजनीक भएको छ । चैत्र २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको सो गीतमा करिश्मा मानन्धर र मुकेश ढकाललाई ‘फिचर’ गरिएको छ ।

प्रल्हाद तिमिल्सिना र प्रबिशा अधिकारीले गाएको गीत शंकर अधिकारी घायलले लेखेका हुन् । बिकास चौधरीले संगीत गरेको गीतको कोरियोग्राफी रामजी लामीछानेले गरेका हुन् । गीतमा करिश्मा र मुकेशबीचको प्रेमभाव झल्काइएको छ ।

एनबि महर्जनको निर्देशनमा बनेको फिल्मका सार्वजनीक टे«लर र गीत अहिले चर्चामा छन् । एक्शन लभस्टोरी फिल्ममा बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक बिकृति, अन्याय बिरुद्धको आवाजका साथै प्रेमकथा प्रस्तुत गरिएको बताइन्छ ।

फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

जयलक्ष्मी फिल्मस्को ब्यानरमा निर्मित ‘हिरोज’ को प्रस्तुतकर्ता लक्ष्मी लामा छिन् भने निर्मातामा युवराज लामा, शेखर लामा र संजोग राणा छन् ।

शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई, कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन् । नयाँ बर्षको उपहार स्वरुप दर्शकमाझ ल्याउन लागीएको फिल्मप्रति आफू निकै आशावादी रहेको पूर्णीमा बताउने गर्दछिन ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan