Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेटमै ढले अभिनेता अमिताभ ‘बीग बी’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ५ सोमबार |
newsabhiyan
newsabhiyan

एजेन्सी  । बलिउडमा बीग बी नामले चिनिने अभिनेता अमिताभ बच्चन फिल्म ‘ठग्स अफ हिन्दूस्तान’को शुटिङमा व्यस्त भइरहेकाबेला मंगलबार बिहान अचानक शुटिङ सेटमै ढलेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहान ३ बजेसम्म शुटिङ गरेका अमिताभले ५ बजे आफ्नो ब्लगमार्फत स्वास्थ्य अवस्था बिग्रिएको जानकारी गराएका थिए । उनको उपचारका लागि मुम्बईबाट निजी चिकित्सक शुटिङस्थल जोधपुर पुगेको छ । उनको जोधपुरमा उपचार भइरहेको छ । चिकित्सकले उनको अवस्था सामान्य रहेको र केही दिन आराम गर्न सुझाव दिएका छन् ।

यसअघि फिल्मकै शुटिङका लागि अमिताभ पुरै टिमका साथ थाइल्याण्ड गएका थिए । त्यहाँ अत्यधिक चिसोका कारण उनको स्वाथ्यमा असहजता देखिएको थियो । ‘ठग्स अफ हिन्दुस्तान’का अलावा अमिताभ बच्चन ‘१०२ नट आउट’को शुटिङ पनि गरिरहेका छन् । अमिताभ हाल ७६ वर्ष पुगेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan