Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘मुख्य सचिवको घरमा सिपाहीले लुगा धुन्छ’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ६ मंगलबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ६ चैत । मुख्यसचिव लोकदर्शन रेग्मीलाई राज्यले १४ सशस्त्र सुरक्षाकर्मी किन दिइरहेको छ ?

मुख्यमन्त्रीले समेत नपाउने सुरक्षा घेरामा मुख्य सचिव बस्नुपर्ने र राज्यले उनलाई यति ठूलो सुरक्षामा राख्नुपर्ने कारण चाहिं प्रधानमन्त्रीले समेत सुने, तर केही सोधेनन् ? किन होला ?

यतिबेला मुख्यसचिवको घरमा सिपाहीको ताँती लागेको छ र ती सिपाहीलाई घरको कामधन्दासमेत लगाउने र लुगा धुनसमेत लगाएका खबर सुराकीले पत्ता लगाएको छ ।

र, प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शनसँग सिधै कुरा गर्न छाडेकाले उनले ओलीका सालामार्फत आफ्नो लिंक स्थापित गर्न प्रयास गरेका छन् र अब सम्बन्ध सामान्य हुने विश्वास गरेका छन् ।

तर प्रधानमन्त्री आफू अन्तर्गत शक्तिशाली मन्त्री नियुक्त गरेर मुख्यसचिवलाई पेण्डुलम बनाउने तथा अर्कै सचिवमार्फत काम गर्ने गराउन विचार गरिरहेको एक ओली सूत्रले बताएका छन् ।

प्रधानमन्त्री सशस्त्र, नेपाल प्रहरीका आइजीपी र मुख्यसचिवबारे किचेन क्याविनेटमा छलफल गर्न थालेको खबरले तरङ्ग उत्पन्न गराएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan