Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

व्यवस्था कार्यान्वयनमा नल्याए राष्ट्र बैंकले कारवाही गर्न सक्ने, यस्तो छ कारवाहीको व्यवस्था (तालिका सहित)

कसको स्प्रेड दर कति छ ?

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ चैत । नेपाल राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुलाई पाँच प्रतिसतको स्प्रेड दर सम्वन्धी व्यवस्था पुर्णरुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार २०७५ को असोज मसान्तसम्म बैंक तथा फाईनान्स कम्पनीहरुले पाँच प्रतिसतको स्प्रेड दर कायम गरिसक्नुु पर्छ । स्प्रेड दर भनेको कर्जा तथा निक्षेप बिचको व्याज दर अन्तर हो ।

निक्षेपमा कम व्याज दिने र कर्जामा बढी व्याज लिने गरेकोमा यसलाई पुर्णरुपमा नियन्त्रणमा लिनको लागि राष्ट्र बैैंकले स्प्रेड दरको कार्यान्वयनमा कडाई गरेको हो ।

उक्त समयसिममा सम्मपनि स्प्रेड दर कार्यान्वयन नर्गने बैंक तथा फाईनान्स कम्पनीहरुलाई राष्ट्र बैंकले कारवाही गर्ने छ । 

कारवाही स्वरुप बैंकहरुलाई शाखा कार्यालय नभएका स्थानीय तह बाहेकका स्थानमा शाखा खोल्न रोक लगाउने, भुकम्प पीडितलाई प्रदान गर्ने बाहेकका अन्य पुुर्नकर्जा प्रदान नर्गने, सो आर्थिक बर्षको बोनस सेयरको कर प्रयोजन बाहेकका नगद लाभांस घोषणा एवं बितरण गर्न रोक लगाउने सक्ने छ ।

यदि हाल कायम रहेको स्प्रेड दरलाई घटाएन भने त्यो समयसम्म बहुुराष्ट्रिय कम्पनीद्धारा सञ्चालित स्टान्र्डड चार्टड बैंक, सरकारी स्वामित्वको कृषि बिकास बैक सहितका केही बाँणिज्य बैंकहरु कारवाहीमा पर्न सक्ने छन् ।

अहिले २८ वटा बाँणिज्य बैंकहरु सञ्चालनमा रहेकोमा अधिंकासको स्प्रेड दर पाँच प्रतिसत भन्दा  तल रहेतापनि कृषि बिकास बैंक र स्टान्र्डड चार्टड बैंकको स्प्रेद छ प्रतिसतको हाराहारीमा रहेको छ । स्प्रेड दर उच्च हुुने बैंकहरुमा कर्जाको व्याज महंगो र निक्षेपको व्याज सस्तो हुुने गरेको छ ।

कुुन बैंकमा स्प्रेड दर कति छ ? (स्प्रेड दर प्रतिसतमा)

क्रस  बैंकको नाम चालुु आवको दोस्रो त्रैमास  गत आवको दोस्रो त्रेमास
सिटिजन्स बैंक ३.२३ ३.४९
२  सिद्धार्थ बैंक ३.८०   ४.०४
 सानिमा बैंक       ४.१८ ४.१२
४  लक्ष्मी बैंक       २.९५ ३.९०
मेगा बैंक      ३.२९   ३.७८
६  नेपाल एसबिआई बैंक      ४.७८  ४.७४
७  एनबी बैंक      ३.४६  ४.१७
कुमारी बैंक        २.८० ३.०४
९  ग्लोवल आईएमई बैंक     ४.१२   ४.१४
१० एभरेष्ट बैंक      ४.९६  ४.८९
११ नेपाल इन्भेष्टमेन्ट बैंक      ४.०५  ४.४६
१२  एनएमबी बैंक      ३.७०  ३.८७
१३ बैंक अफ काठमाण्डू      ३.८४ ३.९१
१४  जनता बैंक      ३.८५  ४.०२
१५ सेञ्चुरी कर्मसियल बैंक       ३.३० ३.९५
१६  स्टान्र्डड चार्टड बैंक      ६.९०  ४.५२
१७ राष्ट्रिय बाँणिज्य बैंक      ४.९९ ४.९८
१८ नविल बैंक       ४.९५  ५.०८
१९ हिमालयन बैंक       ४.०६ ४.४५
२० एनसीसी बैंक       २.९२ ३.३२
 २१ सनराईज बैंक       ४.२० ४.४६
२२ सिभिल बैंक        ३.०२ ३.०६
२३ प्रभुु बैंक        ४.१० ४.८७
२४ कृषि बिकास बैंक      ५.८३ ७.१०
२५ नेपाल बैंक       ४.९८  ४.९७
२६  माछापुुच्छे« बैंक     २.९९    ४.६८
२७  एनआईसी एशिया बैंक      ४.२७ ३.२२
२८ प्राईम बैंक   ३.४९     २.७९

(स्रोत सम्वन्धीत बैंकको दोस्रो त्रैमासिक बित्तीय बिवरण)
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan