Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आईजीपीका लागि खनालको पल्लाभारी,गृहमन्त्री थापा ‘बादल’ले नै गरे प्रशंसा !

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ६ चैत्र । आउने हप्ताभित्रै प्रहरी महानिरिक्षक प्रकाश अर्याल विदामा बस्ने भएकोले आईजीपी बन्ने दौड तिव्र भएको छ ।

आईजीपी कसलाई बनाउने भन्नेबारे आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलको सुरुवातमै प्रचण्डले वरियताको पहिलो नम्बरमा रहेका डिआईजी सर्वेन्द्र खनालको पक्षमा बोलेको स्रोतको दाबी छ । उनले कार्यसम्पादनको आधारमा डिआईजी पहिलो नम्बरमा भएकोले खनाललाई नै प्रहरी प्रमुखको जिम्मेवारी दिईनुपर्ने अडान राखेका थिए ।

अध्यक्ष प्रचण्डले आफ्नै पार्टीका नेता समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई पनि सोही अनुसार अघि बढ्न निर्देशन दिईसकेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटलगत्तै अध्यक्ष प्रचण्डले गृहमन्त्री थापालाई फोन गरेरै खनालको पक्षमा दृढ रहन निर्देशन दिएको विशेष सूत्रको दाबी छ । त्यसो त गृहमन्त्री थापा ‘बादल’ले नै गरे खनालको विगतको काम हेरेर प्रशंसा समेत गरेकाछन् ।

स्रोतका अनुसार प्रहरीको कमाण्ड गर्न तयारी अवस्थामा रहन डिआईजी खनाललाई आग्रह गरिसकेका छन् । तर, आईजीपी बन्ने दौडमा अरु डिआईजीहरु क्रमशः रमेश खरेल, पुष्कर कार्की ,उत्तम कार्की सहित अन्य डिआईजीहरुको रस्साकस्सी चलेको छ ।

उता, राष्ट्रपति विद्यादेवी भण्डारी पुष्कर कार्कीको पक्षमा खुलेरै लागेको चर्चा पनि चलेको छ ।  त्यसो त प्रहरीको आईजीपीमा धेरै राजनीति भन्दा पनि कार्य क्षमता,कार्य सम्पादनका ,कुशलता र नेतृत्व गर्न सक्ने काविलता हेरेर चयनहोस् भन्नेका डिआईजीहरु रहेकाछन् ।

३० वर्षे सेवा हदका कारण वर्तमान आईजीपी अर्याल, १५ एआईजी सहित अन्य प्रहरी अधिकारी समेत यही चैत्र २८ गते सेवाबाट निवृत्त हुँदैछन् । २९ चैत्रबाटै मुलुकले नयाँ आईजीपी पाउँदैछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan