Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विप्लवका केन्द्रिय सदस्य किरण सहितका नेता गिरफ्तार ,रिहाइ नगरे प्रतिरोधको चेतावनी (विज्ञप्ती सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ६ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ, ६ चैत । नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का केन्द्रिय सदस्य तथा कोसी ब्युरो ईन्चार्ज किरण राई (निसान) सहित कोशि व्युरोका सात जना नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । धनकुटाको हिलेबाट उनीहरुलाई सोमबार राति १० बजेर २० मिनेटमा प्रहरीले गिरफ्तार गरेको हो ।

निसान सहित कोसी ब्युरो सदस्य सागर लिम्बु , धनकुटा जिल्ला ईन्चार्ज माधव गौतम ( आकाश )र धनकुटाकै सेक्रेटरी नवराज भट्टराई , तेहथुम सेक्रेटरी कमला कन्दङ्वा, सङ्खुवासभा ईन्चार्ज राजकुमार दङ्गाल र सेक्रेटरी दिब्य बराल लाई घरमा बसिरहेको अवस्थामा गिरफ्तार गरेको हो ।

उता, नेकपाले गिरफ्तार नेताहरु तत्काल रिहाइ नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी आएको छ ।
 
नेकपाका केन्द्रीय सदस्य किरण राई, धनकुटा इञ्चार्ज आकाश, सेक्रेटरी नवराज, तेह्रथुम सेक्रेटरी कमला, लिम्बुवान स्वायत्त जनपरिषदका प्रमुख सागर, संखुवासभा इञ्चार्ज दिव्य, सेक्रेटरी समुललाई प्रहरीले गिरफ्तार गरेको छ ।

अनेकोट स्मृतिसभा मनाउने क्रममा हिले बजारबाट भएको सो गिरफ्तारी प्रति नेकपाको पूर्वी कमाण्डले आपत्ति जनाएको छ । पूर्वी कमाण्डका इञ्चार्ज अनिल विरहीले आज विज्ञप्ति जारी गरी गिरफ्तार नेताहरुको बिना सर्त तत्काल रिहाईको माग गरेका छन् । विरहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ‘कोशी ब्यूरो इञ्चार्ज तथा केन्द्रीय सदस्य किरण राईसहित सम्पूर्ण नेता–कार्यकर्ताहरुलाई तत्काल बिनासर्त रिहाइको माग गर्दछ अन्यथा सशक्त प्रतिरोध गर्न पार्टी बाध्य हुनेछ ।

‘ पार्टी कामको सिलसिलामा रहेका आफना नेताकार्यकर्ताहरुलाई प्रहरीले बिनाकारण पक्राउ गरेको भन्दै पूर्वी कमाण्ड इञ्चार्ज विरहीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan