Monday 23rd of April | २०७५ बैशाख १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पार्टी नयाँ ढंगले अगाडि बढ्छ ः अध्यक्ष थापा

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ६ मंगलबार | (रासस)
newsabhiyan

काठमाडौँ, ६ चैत  : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समसामयिक परिस्थिति र हिजोको कमी कमजोरीको समीक्षा गर्दै अबका दिनमा पार्टी नयाँ ढंगले अगाडि बढ्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातान्त्र पार्टीका विभिन्न पाँच संगठनको संयुक्त बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले राजनीतिक उद्देश्यका कार्यक्रम, संगठनात्मक गतिविधि, प्रशिक्षण र सैद्धान्तिक तथा वैचारिक कार्यक्रमलाई समानान्तर रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुकको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड यूनियन महासंघका अध्यक्ष चिरागमान सिंह कुँवर, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष केदार धमला, पूर्व प्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, नेपाल शिक्षक परिषदका अध्यक्ष यादवराज पाण्डे र राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका नेता तथा पार्टीका केन्द्रीय सदस्य श्रवणकुमार नेपालीले आ–आफ्नो संगठनको वर्तमान परिस्थिति, विगतका कमी कमजोरी र अगामी दिनमा संगठनलाई चुस्तदुरुस्त बनाउने कार्ययोजना प्रस्तुत गर्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan