Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मदागस्करमा शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ६ मंगलबार | रासस÷एएफपी
newsabhiyan

आन्तानानारिभो, मदागस्कर, ६ चैत : अफ्रिकी मुलुक मदागस्करमा सोमबार राति आएको आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।

सुरक्षा अधिकारीले भनेका छन्,सोमबारको आँधीमा कम्तिमा २० जना र आइतबारको आँधीमा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुवै दिनको आँधीका कारण करीब ३५ हजार मानिस घरबारविहीन बनेका छन् ।

इलियाकिम नाम दिइएको आँधी मदागस्करको मासोला प्रायद्वीपबाट केही दिन पहिले शुरु भएको भएपनि विगत ४८ घण्टामा यसले निकै प्रभाव पारेको थियो ।

आँधीको प्रभाव क्रमशः शान्त बन्दै गएको यहाँको मौसम विज्ञान अध्ययन विभागले बताएको छ ।

विश्वको गरीब मुलुकमध्येको मदागस्करमा चक्रवत आँधी तथा उष्णदेशीय तुफानका कारण हजारौँ मानिस प्रभावित हुने गरेका छन् ।

यही बर्षको जनवरीमा आएको आभा नामक आँधीका कारण अफ्रिकी उक्त मुलुकमा ५१ जनाको निधन भएको थियो भने गत बर्षको मार्चमा पनि ७८ जनाले ज्यान गुमाएका थिए । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan