Friday 21st of September | २०७५ असोज ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पिक प्वाइन्टको सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ७ चैत । पिक प्वाइन्ट एकेडेमी र पिक प्वाइन्ट तेक्वान्दो डोजाङले तेक्वान्दो प्रशिक्षक र निर्णायकलाई बुधबार सम्मान गरेको छ ।

डोजाङको ग्रेडिङ समापनका अवसरमा तेक्वान्दो प्रशिक्षक मीन न्यौपाने, गणेश जिम्बा लामा, राजेन्द्र खत्री तथा निर्णायक मनोजकुमार शाह र सोनाम लामालाई एक कार्यक्रमबीच सम्मानित भए । कराते एकेएफ रेफ्री दिपक लामालाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।

बुढानीलकण्ठ नगरपालिका वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र पिक प्वाइन्ट एकेडेमीका सहायक प्रिन्सिपल विनय श्रेष्ठले उनीहरुलाई सम्मान पत्र प्रदान गरी सम्मान गरे ।

ग्रेडिङमा डोजाङका २४ खेलाडीले सहभागिता जनाएको डोजाङ प्रमुख गणेश तामाङले जानकारी दिए । सहभागी मध्ये ७ लाई उत्कृष्ट घोषित गरी पदक प्रदान गरिएको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan