Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

माछापालनको भविष्य

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ७ बुधबार | लाइनस ब्लुकभिस्ट (रासस)
newsabhiyan

न्यू हेभन, ७ चैत । सामुद्रिक खानाको माग अत्यन्तै बढ्दो छ र यो शताब्दीभर यसमा निरन्तर वृद्धि हुनेछ । मागलाई सम्बोधन गर्ने एक मात्र उपाय मत्स्यपालन हुनसक्छ । तर आगामी पुस्ताको माछापालन यसका पूर्वजको भन्दा धेरै हदसम्म पर्यायवरणीय हिसाबले जिम्मेवारपूर्ण हुनेछ र यसले थप धेरै ऊर्जाको पनि प्रयोग गर्नुपर्ने हुनेछ । यदि थप ऊर्जा सफा र सस्तो भएन भने नयाँ मत्स्यपालन प्रविधिले हाम्रो वातावरण तथा जलवायु संरक्षणको बृहत् लक्ष्य प्राप्त गर्न सक्ने छैन ।

सामुद्रिक खानको मागमा वृद्धि हुनु एक हिसाबले राम्रो कुरा हो । सुगुर र गाईको मासुभन्दा माछा खानु धेरै राम्रो हो किनकि माछाबाट उति नै प्रोटिन प्राप्त गर्न थोरैमात्र लगानीले पुग्छ । त्यसैले विश्वमा मासुको उपभोगमा निरन्तर वृद्धि रहेको अवस्थामा आवश्यक केही भाग सामुद्रिक स्रोतलाई बनाउनु वान्छनीय देखिन्छ ।

अर्कोतर्फ सामुद्रिक खानाका लागि पछिल्लो समय देखिएको बढ्दो मागले पर्यावरणीय जोखिम सिर्जना गरेको छ । संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनका अनुसार उत्पादनको तुलनामा बढी दोहन भएकाले प्राकृतिक माछाको भण्डै एक तिहाई हिस्सा मासिइसकेको छ ।

सामुद्रिक तथा जङ्गली जनावर जुन दरमा मासिएका छन् त्यही दरमा प्राकृतिकरूपमा उत्पादन भई मासुको लागि बढ्दो माग धान्न कठीन छ । पछिल्लो समय देखिएको माछाको मागलाई धान्न ब्यवसायिकरूपमा मत्स्यपालन गर्नुको विकल्प छैन ।

त्यसकारण मत्स्यपालन मानव उपभोगका लागि व्यवसायिक उत्पादनको प्रमुख उपाय हो । तर ध्यान दिनुपर्ने कुरा के छ भने यसले पनि सामुद्रिक माछा मार्दाजस्तै वातावरणीय तथा पर्यावरणीय जोखिम सिर्जना गर्छ । व्यवसायिक मत्स्यपालन प्राय सामुद्रिक किनारा क्षेत्र वा नदी तथा तलाउको वरपरका क्षेत्रमा गरिन्छ ।

नदी वा सामुद्रिक तटमा गरिने मत्स्यपालनले जनावरका प्राकृतिक बासस्थानमा समस्या उत्पन्न हुनसक्छ, नाइट्रोजन उत्सर्जनमा भूमिका खेल्ने र प्राकृतिकरूपमा नदी तथा जलक्षेत्रमा पाइने माछाको पौष्टिक आहारको नास हुने समस्या निम्तिन्छ । दक्षिणपूर्वी एसियामा ‘मेनग्रोभ’ वनस्पतिको फडाँनी हुनुमा सामुद्रिक तथा नदी किनारमा गरिने व्यवसायिक माछापालन पनि एक कारक भएको मानिन्छ ।

तर संरक्षणको चुनौतिबारे सोच्दासोच्दै पनि मत्स्यपालनले भविष्यको मागलाई थेग्न एउटा तर निर्विकल्प उपाय बनेको छ । त्यसैले आजको उद्यमले तय गर्ने बाटोले वातावरणमा आगामी बर्षौँसम्मका लागि प्रभाव पार्नेछ ।

अहिले माछापालन रहेका स्थान भविष्यमा छिट्टै सफा हुनेछन् अर्थात् प्रयोगमा ल्याइने छैन । माछाका केही ठूला तथा भरपर्दा उत्पादकले पानीमा हुने प्रदूषण रोक्न नयाँ तरिका र प्रविधिको शुरुवात गरिसकेका छन् ।

नयाँ प्रविधिले माछाको आहारलाई भिडियो क्यामेराको सहयोगमा छुट्टाउने छ र सेलफिस तथा समुद्री झारजस्ता माछाका प्रमुख आहारलाई संरक्षण गर्नेछ । केहीले माछाकै अन्य प्रजातीलाई खानाको प्रमुख आहार बनाउने शिकारी माछालाई पनि वनस्पतिबाट पाइने प्रोटिन दिएर माछाको आहारमा परिवर्तन गरिरहेका छन् । यसबाट धेरै माछा उत्पादनमा सहयोग पुग्नेछ ।

दीर्घकालका लागि माछा विज्ञले सामान्यतया जमिनमा आधारित र समुद्रको सतहदेखि करिब पाँच किलोमिटर टाढा गरिने मत्स्यपालन विधि गरी दुई उपाय अवलम्बन गरेको देख्न सकिन्छ । यसले मासुका लागि माछामा बढ्दै गएको आत्मनिर्भरता तथा मत्स्यपालनमा देखिएका नकारात्मक प्रभावलाई भविष्यमा अन्त्य गर्नेछ ।

पहिलो ‘रिसर्कुलेटिङ’ मत्स्यपालन विधि माछालाई जमिनभित्र ट्याङ्की बनाएर मेसिनको सहायतामा पानी तान्ने र जमिनमुनि अक्सिजन, तापक्रम र प्रकाश दिएर गरिने माछापालन खेती हो । यस विधिले माछालाई वातावरण अनुसार बाँच्न सिकाउने हो ।

रिसर्कुलेटिङ विधिबाट जमिनको जुनकुनै भागमा पनि माछापालन गर्न सकिने हुँदा पछिल्लो समय परम्परागत खेतीमा उत्पादनका हिसाबले घाटा भएपछि बाँझो पल्टेको ग्रामिण क्षेत्रलाई सदुपयोग गर्न सकिन्छ ।

अझ राम्रो कुरा त यी विधिहरू माछापालनबाट बाहिरिएको पानीलाई पुनःप्रयोग गरी सामुद्रिक तटमा रहेको प्रदूषणलाई नियन्त्रण गर्न उपयोगी माध्यमका रूपमा अपनाउन पनि सकिन्छ । सामुद्रिक जीवको अधिकारका लागि काम गर्ने संघसंगठनहरूले रिसर्कुलेटिङ मत्स्यपालन विधिलाई उत्तम छनौट मान्ने गरेका छन् ।

अर्को विकल्प भनेको मत्स्यपालनलाई समुद्रदेखि केही टाढा खाल्डो खनी पोखरी बनाएर गरिने विधि हो । जसको पानी सिधै समुद्रमा आउन सक्दैन र सामुद्रिक वातावरण तथा जीवलाई प्रभावित पार्न सक्दैन । यसमा नत पम्पको आवश्यकता रहन्छ न अक्सिजन, तापक्रम र प्रकाश दिने झन्झट नै रहन्छ ।

अमेरिकामा मत्स्यपालनका लागि ‘रिसर्कुलेटिङ’ विधिबाट व्यवसायिक उत्पादन शुरु भैसकेको छ । उदाहरणका लागि माछापालन गर्ने एक नर्वेली फर्मले अमेरिकी सुदुर उत्तरपूर्वी राज्य मेयनमा हालै जमिनमा सालमन जातको माछापालनका लागि एक बृहत् योजना ल्याएको छ । पछिल्लो विधि नर्वे, क्यालिफोर्निया तथा हवाईमा व्यापक अभ्यासमा आएको विधि हो । तर दुवै विधि अझैपनि मानक भन्दा देखावटीरूपमा अभ्यासमा रहेका पाइन्छ ।

वास्तवमा जलचरको सुरक्षा सहज भने छैन । जमिनमा आधारित विधिअनुसार शुद्धिकरण, पानीको परिवर्तन तथा विसर्जनका लागि मेसिनको प्रयोग गर्नुपर्ने हुँदा अत्यधिक विद्युतको खपत हुन्छ वा यो विधि खर्चिलो हुन्छ । यो फ्रान्सजस्ता निम्न कार्बन उत्सर्जन हुने विद्युतीय ग्रीडका लागि समस्या त नहोला तर नोभिया स्कोटियाजस्ता धेरै कोइला खपत हुने स्थानका लागि सहज छैन ।

त्यसैगरी समुद्रबाट टाढा (अफसोर) गरिने माछापालनका लागि डिजेल पेट्रोलजस्ता इन्धन र मर्मत सम्हारमा प्रशस्त खर्च हुन्छ । यसका लागि सौर्यऊर्जा जस्तो उपयोगी तथा हिफायती सस्तो वैकल्पिक ऊर्जाको प्रयोगबाट सहज बन्नु जरूरी छ ।

व्यापक जलचर उद्योग विस्तारका लागि सस्तो तथा वातानुकुलित ऊर्जाको विकल्प सोच्न सकिँदैन । सफा र सस्तो ऊर्जाबिना वातावरण तथा जलवायु समस्या समाधानको लक्ष्यमा पुग्न सम्भव छैन । आणविक तथा नवीकरणीयसमेतका हाम्रा विद्यमान ऊर्जा प्रविधिले अझै ऊर्जाको मागलाई सम्बोधन गर्न सकेका छैनन् ।

अतः मत्स्यपालन तथा अन्य जलचरको उद्योगमा थप लगानी गरी नयाँ आविस्कारलाई प्रयोगमा ल्याई जमिन तथा समुद्रको पनि समस्याको दीर्घकालीन समाधान दिनु जरुरी छ ।

(लाइनस ब्लुकभिस्ट ब्रेकथ्रु इन्स्टिच्युट वातावरण संरक्षण, खाद्य तथा कृषि कार्यक्रमका निर्देशक हुनुहुन्छ ।) प्रोजेक्ट सिन्डीकेट/अनुवादः दिलीप शर्मा 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan