Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एनआईसी एशियाको सक्रियता झन् बढ्यो,ल्यायो ‘प्रिमियम समुन्नति बचत खाता’

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत ७ बुधबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,७ चैत । एनआईसी एशिया बैंकले दिन प्रतिदिन सक्रियता बढाउँदै गएको छ ।

पछिल्लो पटक  ग्राहक बर्गमा  सर्वोपरी हितलाई ध्यानमा राख्दै ‘प्रिमियम समुन्नति बचत खाता’ संञ्चालनमा ल्याएको छ । मुलुकभरका कुनै पनि बैंकको कुनैपनि एटीएमबाट जतिपटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यो योजनामा राखिएको छ ।

त्यसैगरी सो खातामा निशुल्क भिसा डेविट कार्ड÷क्रेडिट कार्ड÷मोबाइल बैंकि¨ सेवा÷डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।

यसका साथै मासिक औसत रु १० लाख भन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिने बैंकले जनाएको छ । त्यस्तै सो खाता खोलि मोबाइल बैंकि¨ सेवा लिएपछि एनटिसी वा एनसेल को रु १०० बराबरको रिचार्ज कार्ड टपअपसमेत निशुल्क प्रदान गरिने छ ।

रु १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८ सयका दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई रु ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनुका साथै खातामा निशुल्क गुडफर पेमेन्ट चेक जारी गर्न सकिने सुविधा र व्यालेन्स सर्टिफिकेट जारी गर्दा कुनै पनि शुल्क नलाग्ने जनाइएको पनि बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan