Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रौतहट कटहरियाका मेयर 'पद'मा रहन मिल्दैन् : संविधानविद् डा. भिर्माजुन आर्चाय

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २५ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं ,२५ चैत । रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहालाई उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले जन्मकैदको फैसला सुनायो ।

फैसला पछि पनि उनी निरनतर नगरपालिकाको दैनिकी कामकाजमा खटिएपछि चौतर्फी आलोचना भइरहेको छ ।

रौतहट कटहरियाका मेयर सियाराम कुशवाहा अदालतको आदेश पछि सरकारी काममा खटिन मिल्दैन संविधानविद् डा. भिर्माजुन आर्चायले न्यूज अभियानसँगको कुराकानीमा भन्नुभयो । 

अपराधमा सामेल भएका  त्यो पनि अदालतले आदेश गरि सकेका ब्यक्ती 'मेयर पद'मा 'स्वतह' रहदैन उहाँले भन्नुभयो ।

हिन्दु यूवा संघका संस्थापक काशिनाथ तिवारीको हत्यामा दोषी ठहर गर्दै इजलाशले कुशवाहलाई जन्मकैदको फैसला सुनाएको थियो ।

सो फैसलालाई बिरगंज र रौतहट लगायत मुलुकभर स्वागत गरियो । तर गत फागुन २८ गते नै फैसला सुनाईएको भएपनि हालसम्म अदालतको फैसला कार्यान्वयनका लागि कुनै कारवाही नभएको पाईएको छ।

पर्सा जिल्ला अदालतले कुशवाहालाई सफाई दिएपछि स्वर्गिय तिवारीकी श्रीमती बवितादेवि तिवारीले पुन जाहेरी दिएकी थिइन।

उनकै जाहेरीका आधारमा उच्च सरकारी वकिलको कार्यालय वीरगञ्जबाट दायर भएको पुनरावेदन उपर उच्च अदालतको वीरगञ्ज अस्थायी इजलासका न्यायधिसद्वय नारायणप्रसाद श्रेष्ठ र लेखनाथ घिमिरेको संयूक्त इजलासले गत फागुन २८ गते नगर प्रमूख कुशवाहालाइ जन्मकैदको फैसला गरेको थियो ।

यो पनि पढ्नुहोस् । कटहरियाका मेयर सियाराम कुशवाहालाई जन्मकैद भन्दा प्रहरी रमिते


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan