Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

स्व. खुमबहादुर खड्काका छोराले गरे मन छुने भाषण - भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २९ बिहिबार |
newsabhiyan
newsabhiyan

दाङ ,२९ चैत । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले खुम बहादुर खडकाले पार्टि र देशका लागी पु¥याएको योगदानको उच्च कदर गर्नुपर्ने बताउनु भएको छ ।

कांग्रेसका प्रभावशाली नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काको १३ औं दिनको पुण्यतिथीमा कांग्रेस दाङले सतबरियामा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्वोधन  गर्दै देउवाले त्यस्तो बताउनु भएको हो ।

खड्काले राजनितिक जिवनमा नेपाली कांग्रेसको संगठन बिस्तार र समग्र देशमा प्रजातन्त्र बहालीकालागी ठुलो भुमिका निर्वाह गरेको भन्दै कांग्रेसले उहाँलाई सदैव स्मरण गरिरहने बताउनुभयो ।

स्वर्गिय खडकाको निधनले काग्रेसलाई मात्र नभई सिङो देशलाई नै ठुलो क्षति भएको बताउनु भएको थियो ।

पुगेको भन्दै उहाँको साहस र नेतृत्व, क्षमतालाई कांग्रेसका सवै   सिपाहिहरुले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस दाङका सभापति कृति बहादुर खडकाको अध्यक्षता तथा  पार्टिका केन्द्रिय सभापती शेर बहादुर देउवाको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो ।

सो अवसरमा काग्रेस महामन्त्रि शसांक कोईरालाकेन्द्रीय सदस्य हरु दिपक गिरि,डाक्टर शेखर कोईराला,डाक्टर प्रकाशसरणमहत,प्रदेश सासद डिल्ली बहादुर चौधरी,पुर्व सासद राजु खनाल, लगाएत केन्द्रियतथा जिल्लाका चार दर्जन बढिले खुमबहादुर खडकाको जिवनी र उहाँले दाङ सहितसमग्र देशको बिकाश र पार्टीलाई पुर्याएको योगदानको चर्चा गरेका थिए ।

छोराले गरे मन छुने भाषण 
कार्यक्रममा स्वर्गिय नेता खडकाका छोरा अनुराग  खड्काले बुबुाको राजनितिक उदेश्य पुरा गर्नका लागी आफुले राजनिति शुरु गर्ने उद्घोष गर्नुभयो ।

त्यसका लागि तपाईहरुको सहयोग र साथ चाहिन्छ भन्दै मन छुने छोटो भाषण गर्नुभएको थियो ।

दाङले एक जना सच्चा सिपाहीलाई गुमाएको बताउनु भयो ।आफु दुखमा रहेका बेला पनि छोरा अनुराग  खड्काले उपस्थित नेता कार्यकर्तालाई विशेष धन्यवाद दिदैँ पिता खडकाले दाङ बाटै राजनिति शुरु गरेको र दाङ उहाँको प्रिय जिल्ला रहेको दर्शाउनु भएको थियो ।  

सानो उमेरदेखि नै आफू बुवाको नजिक रहेर पार्टीका बारेमा धेरै कुरा अनुभव गरेको बताएउँदै उनले आफ्नो वुवाका अधुरा सपना पुरा गर्न आफु राजनीतिमा आउने बताउनु भएको थियो । ‘म यही मञ्चबाट राजनीतिक यात्रा अगाडि बढाउने घोषणा गर्छु,’ अनुराग  खड्काले बताउनु भयो ।
 
अनुराग  खड्काले दुई महिनापछि आफ्नो मास्टर्सको पढाई पुरा गरेर स्वदेश फर्किने र त्यसपछि दाङमा आएर राजनीति गर्ने बताउनु भयो ।
 
छोरा अनुराग  खड्काले कार्यक्रम सम्बोधन गर्दै गर्दा आम सर्वसाधारणले आँखा भरि आँसु बगाएका थिए । 

यो पनि पढ्नुहोस् । खड्काको १३ औं पूण्यतिथीमा निवासमा रक्तदान (फोटो फिचर/भिडियो सहित)

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan