Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

लुम्बिनी गुरुयोजना दुई वर्षभित्र पूरा हुने

न्यूजअभियान | प्रकाशित मिति : २०७४ चैत २९ बिहिबार | (रासस)
newsabhiyan

काठमाडौँ, २९ चैत :  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले लुम्बिनीको एकीकृत विकासका लागि जापानका केन्जो टांगेले तयार गरेको गुरुयोजना दुई वर्षभित्र पूरा गरिने बताउनुभएको छ ।

दुई हजार ५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले करीब दुई दशक अगाडि पूरा हुनुपर्ने सो योजना वैज्ञानिक भए पनि राजनीतिक अस्थिरताले काम हुन नसकेको हुँदा अगाडि बढाउनका लागि गृहकार्य गरिएको बताउँदै लुम्बिनी, कपिलवस्तु र देवदहलाई जोड्ने सञ्जाल निर्माणका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

बुद्धको सन्देशलाई व्यवस्थित शिक्षाका रुपमा फैलाउनका लागि वर्षभरी नै विभिन्न गतिविधि गर्नुपर्नेमा जोड दिँदै उहाँले यस पटक बुद्धजयन्तीमा तिलौराकोटमा समेत पदयात्रालगायत कार्यक्रम गरिने र कोषको वार्षिक आम्दानीको ५ प्रतिशत स्थानीय लुम्बिनी बौद्ध विश्वविद्यालयलाई सहयोग गर्ने निर्णय भइसकेको जानकारी दिनुभयो ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले बुद्ध जन्मस्थल लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । कोषका उपाध्यक्ष भिक्षु मैत्रेय शाक्यपुत्रले १५ देशका संस्कृति तथा धार्मिक मामिलामन्त्रीलाई सम्मेलनमा निमन्त्रणा गरिएको र १२ मुलुकका १७ जनाले कार्यपत्र प्रस्तुत गर्ने जानकारी दिनुभयो । आगामी वैशाख १५ देखि १७ गतेसम्म हुने सम्मेलन व्यवस्थित बनाउन मूल समारोह समिति तथा १८ उपसमिति गठन गरिएको छ । सम्मेलनमा विभिन्न मुलुकबाट बौद्धगुरु तथा प्रतिनिधि आउनेछन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan