Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खेलकुदले युवामा सकारात्मक सोच ल्याउने

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १ शनिबार | (रासस)
newsabhiyan

महोत्तरी, १ वैशाख :  प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले खेलकुदबाटै युवालाई अनुशासित बनाइ राष्ट्र विकासमा परिचालन गर्न सकिने बताउनुभएको छ ।

आज महोत्तरीको गौशाला–३ स्थित युनिक युवा क्लबद्वारा आयोजित टीट्वान्टी क्रिकेट टुर्नामेन्ट कार्यक्रममा मन्त्री यादवले युवामा सकारात्मक सोच आए मात्र देशको विकास सम्भव हुने धारणा राख्नुभयो ।
त्यस्तै आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले युवाको सपना र खेलाडीको सम्मान गर्नका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो । युवाको ऊर्जाकै कारण देशमा अनेकौँ परिवर्तन सम्भव भएको र अझ केही बाँकी रहेको कामको लागि युवाको भूमिकाको आवश्यकता रहेकाले सहयोगको लागि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा स्थानीय नेता लक्ष्मी महतो, इन्टरनेशनल क्योकोशिनका २ नं प्रदेश संयोजक सञ्जीप चौधरीलगायत खेलप्रेमी, राजनीतिकर्मीको सहभागिता रहेको थियो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan