Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अब विरोध गर्ने ठाउँ त्यता होइन यता, यी ठाउँमा पाइन्छ प्रदर्शन गर्न

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, २  वैशाख   । वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले तोकेको ठाउँमा मात्रै विरोध तथा प्रदर्शनका कार्यक्रम गर्न पाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा जथाभावी हुने विरोध तथा प्रदर्शनका कार्यक्रमलाई व्यवस्थीत गराउने तयारी गरेको हो ।

गृह मन्त्रालयको निर्देशन अनुसार वैशाख १६ गतेदेखि लागू हुनेगरी काठमाडौंका सातओटा ठाउँमा मात्रै विरोध प्रदर्शन गर्न पाइने जिल्ला प्रशासन कार्यालयले प्रष्ट पारेको छ ।

काठमाडौंका खुलामञ्च, तीनकुने खुलाचौर–कोटेश्वर, भुँइखेलचौर–भगवान पाउ, पेप्सीकोलाको खेल मैदान, सानो गौचरणको फुटबल मैदान, लैनचौर समाज कल्याण परिषद् अगाडिको खुला ठाउँ र सिफलचौर–गौशालामा मात्रै विरोध प्रर्दशन गर्न पाइनेछ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan