Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रियालिटी शोको ठगी धन्दा: ९ बर्षीय बालिकाले पाइनन् १ लाख पुरस्कार [भिडियो कुराकानी]

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |
newsabhiyan
newsabhiyan

 काठमाडौं,२ चैत । डान्स नेपाल डान्स २ की बिजेता योगिशा खत्रीले २ बर्ष बित्न लाग्दासमेत पुरस्कार नपाएकोमा गुनासो पोखेकी छिन ।

एक राष्ट्रिय टेलिभिजनबाट प्रशारण भएको रियालिटी शोमा पहिलो हुनेलाई साढे १ लाख, ट्रफी सहित विभिन्न ठाउँमा जागिर लगाइदिने बताइए पनि उनले अहिलेसम्म पनि पुरस्कार पाएकि छैनन् ।

बालापन देखि नै नृत्यमा रुची राख्ने योगिशा हाल कक्षा ४ मा अध्ययनरत छिन। नौ बर्षीय योगिशा कलाकारितामा औधी रुची राख्ने गर्छिन । बालापन देखि नै हिरोइन बन्ने सपना बोकेकी उनको अभिनय कौशल कुनै राष्ट्रियस्तरको अभिनेतालाई टक्कर दिने खालको छ ।

नृत्य र अभिनयमा मात्रै होइन गायनमा पनि त्यत्तिकै अब्बल रहेकी योगिशा डान्स नेपाल डान्स निर्माण पक्षबाट पुरस्कार नदिएपनि बिजेता बन्न पाउँदा खुशी भएको बताउछिन ।

बिद्यालयमा साथीभाईसँग छिट्टै नै घुलमिल हुने योगिशाले उनीहरुको हौसालाबाट आफु प्रोत्साहित भएको बताउछिन। बिद्यालय स्तरीय प्रतियोगिता समेत ६० प्रतिस्पर्धीलाई उछिनेर बिजेता भैसकेकी उनलाई विद्यालयले छात्रवृत्ति समेत दिएको छ । बाबु-आमाबाट माया र हौसाला पाएकी उनको 'योगिशा खत्री' युट्युब च्यानल मार्फत आफ्नो कलालाई दर्शकसामु प्रस्तुत गरिरहेकी छिन ।

हेर्नुस योगिशा खत्रीसँग गरिएको रमाइलो कुराकानी :

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan