Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बुढीगंगा नगरपालिका कार्यालयमा बमसहित तालाबन्दी

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |
newsabhiyan

काठमाडौं, २ वैशाख । बाजुराको बुढीगंगा नगरपालिकाको कार्यालयमा बाल्टिन बमसहित ताला लगाइएको छ । जिल्लाको बाह्रबीसमा पर्ने उक्त नगरपालिकाको कार्यालयको ढोकामा बमसहित ताला लगाएको स्थानीयले जानकारी दिएका छन् ।

कार्यालयको मुल ढोकामा बमसँगै ताला लगाइएको छ । विवादका कारण लामो समयसम्म नगर बैठक बस्न सकेको थिएन ।

काँग्रेस र एमालेबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको आपसी विवादकै कारण विकास निर्माणका काम ठप्प भएपछि नगरबासीले विरोध गर्दै आएका थिए ।

नेपाली काँग्रेसबाट मेयरमा दिपक शाह निर्वाचित भएपनि अन्य अधिकांश पदमा एमालेले जितेको छ ।

एमालेसँग बहुमत भएकै कारण काम गर्न नदिएको काँग्रेसले आरोप लगाउँदै आएको थियो । विषयगत समिति निर्माणमा काँग्रेस र एमालेबीच सहमति नहुँदा नगर बैठक बस्न सकेको थिएन ।

कुल ६ वटा विषयगत समितिमध्ये ५ एमाले र १ काँग्रेसले लिने सहमति भएपछि चैत्र २५ र २६ गते बैठक बसेको थियो । काँग्रेस र एमालेले बजेटमा पनि भागबण्डा गरेको भन्दै स्थानीय विरोध गर्दै आएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan