Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विनियोजन विधेयक, २०७४ माथि छलफल

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार | (रासस)
newsabhiyan

रुपन्देही, २ वैशाख  : प्रदेश नं ५ को सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक २०७४ माथि विभिन्न शीर्षकमाथिको छलफलका लागि आजदेखि बाटो खुलेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा चालु आव २०७४÷७५ का लागि आर्थिक मामिला तथा योजना मन्त्रीका हैसियतमा रु एक अर्ब दुई करोडको बजेट विनियोजन विधेयकका रुपमा शुक्रबार प्रस्तुत गर्नुभएको थियो ।

विधेयक छलफलमा प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रदेशसभा सदस्य अष्टभुजा पाठकले बजेट ल्याउने विषयमा प्रतिपक्ष दलसँग कुनै छलफल नगरी ल्याएको आरोप लगाउँदै सञ्चित कोषमा राखेको रकम केका लागि हो भन्ने प्रश्न गुर्नभयो ।

सत्तारुढ दलका प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले सैद्धान्तिक रुपमा धेरै राम्रा विषय समेटेर बजेट आएको उल्लेख गर्दै योजनाबद्ध विकास अहिलेको आवश्यकता भएको बताउनुभयो ।
प्रदेशसभा सदस्य चेतनारायण आर्चायले प्रदेश सरकारका लागि बजेट मार्गनिर्देशन भएकामा जोड दिँदै कृषि क्षेत्रमा भएको अनुदानको कार्यक्रम कृषकलाई प्रोत्साहित गर्न आएको बताउनुभयो ।

प्रदेशसभा सदस्य तारा जिसीले स्थानीय तहमा भन्दा प्रदेश सरकारको बजेट कम भएको उल्लेख गर्दै जनआकाक्षांलाई बजेटले सम्बोधन गर्न सकेको छैन भन्नुभयो ।

प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेले कपिलवस्तुको कृष्णनगरलाई सुख्खा बन्दरगाहाका रुपमा स्थापना गर्न बजेटको माग गर्नुभयो ।

प्रदेशसभा सदस्य धर्मबहादुर श्रीवास्तवले स्थानीय तहमा प्रदेश सरकारको बजेटको पहुँच नभएको आरोप लगाउनुभयो ।

प्रदेशसभा सदस्य वीरबहादुर रानाले प्रदेशको नामाकरणदेखि स्थायी राजधानीको टुंगो लगाउन माग गर्दै पाल्पालाई शैक्षिक हब बनाउन प्रादेशिक विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्न माग गर्नुभयो ।

छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री पोखरेलले बजेटमा चालु खर्च र पूँजीगत खर्चबीच सन्तुलन मिलाउने प्रयास भएको जानकारी दिँदै बजेटको सीमा रहेको छ भन्नुभयो ।
उहाँले रेल–वे लाइनको डिपिआर प्रक्रिया शुरु भएको जानकारी दिँदै लुम्बिनीलाई जनताको समृद्धिसँग जोड्नका लागि छलफल चलिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अझै पनि अभ्यास गर्दै सिक्दै जाने प्रक्रियामा छौँ ।” मुख्यमन्त्री पोखरेलले बजेट न हिँड्न सक्ने र न कुद्न सक्ने अवस्थामा रहेको उल्लेख गर्दै एकताबद्ध भएर अघि बढे सबै समस्याको समाधान गर्न सकिन्छ भन्नुभयो । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan