Tuesday 25th of September | २०७५ असोज ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सांसद नवराज सिलवाल फुत्त निस्किए ! इसाईहरु सरखराए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २ आइतबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान ,काठमाडौं,२ बैशाख । शेरबहादुर देउवा सरकारले पक्राउ गर्न वारेन्ट जारी गरिएका सांसद नवराज सिलवाल प्रकट भएका छन् ।

हुन त उनलाई गृहमन्त्री बनाउने घोषणा गरेका प्रधानमन्त्री केपी ओलीले उनलाई गृहमन्त्री बनाएनन् । तथापि ओलीकै निकट रहेर उनले लाए अराएको काममा उनी रत्तिएकाछन् ।

यति नै बेला विराटनगरमा हिन्दु गुरु सन्तयोगी श्रीनिवास आचार्यमाथि गोली हानिएपछि सांसद नवराज सिलवाल बोलेका हुन् ।

उनले भनेका छन्– यो सरकारले धर्मपरिवर्तनलाई रोक्छ । नवराज सिलवाल जान्ने भएर बोलेका हुन् कि प्रधानमन्त्रीको बोली टपक्क टिपेर बोलेका हुन्, स्पष्ट त भएको छैन तर नवराज सिलवाल ओलीको आदेशबिना केही बोल्नेवाला नेता होइनन् ।

यसकारण इसाईहरुले जुन तरिकाले धर्मपरिवर्तनलाई हावा दिइरहेका छन् र धर्मपरिवर्तनको लहर चलाएका छन्, त्यसलाई रोक्ने संकेत चाहिं गरेको छ ।

यसबाट के थाहा हुन्छ भने गृहमन्त्रीले आतंककारी र धर्मपरिवर्तन चुनौती भएको रिपोर्ट गरेपछि प्रधानमन्त्रीका तर्फबाट नवराज सिलवालले बोलेको हुनसक्छ भनेर इसाईहरु सरखराएका छन् ।

इसाईहरु संविधानमै धर्मपरिवर्तन र गाई काट्न पाउनुपर्ने दफा राख्न चाहन्छन् र ७ वर्ष भित्र अर्थात सन २०२५ भित्रै नेपाललाई इसाई मुलुक बनाउन कम्मर कसेर लागेका छन् ।

यसका लागि इसाईहरुले ग्य्राण्ड डिजाइन नै बनाएको र काम गरिरहेको धेरैको आशंका छ ।

खासगरी ५ वर्षपछिको निर्वाचनमा इसाई भोटर नै निर्णायक बनाउने र इसाईले भनेको मान्नेलाई चुनाव जिताउने डरलाग्दो योजना बनिरहेको थाहा भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan