Thursday 13th of December | २०७५ मङ्सिर २७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

होमल्याण्ड फन होलिडेजका दुई शाखा विस्तार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

अनिल नेपाली, काठमाडौं, ३ बैशाख । विगत दुई वर्षदेखि आन्तरिक तथा बाह्य पर्यटकहरुको सेवामा समर्पित होमल्याण्ड फन होलिडेज प्रा.लि.ले आफ्ना सेवाहरुलाई थप स्थानिय तहसम्म पु¥याउन झापाको विर्तामोड चोकमा र हेटौंडा चोकमा दुई शाखा विस्तार गरेको छ ।

पूर्वी नेपालबाट विदेश भ्रमणमा जान चाहने नेपालीहरुको सहजताको लागि प्रा.लि.ले शाखा विस्तार गरेको हो । पूर्व नेपालबाट विदेश भ्रमणमा जान चाहने जो कोहीले उड्नको लागि मात्र काठमाडौं आए पुग्छ ।

बाँकी पासपोर्ट कलेक्सन, होटल भौचर तथा टिकटको सुनिश्चिताजस्ता अन्य धेरै सुविधाहरु विस्तारिक शाखाबाट प्रदान गरिने प्रा.लि.का सञ्चालक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

विदेश भ्रमणका लागि नेपालीहरुले पासपोर्ट, भिसा, होटल भौचर र टिकटको पनि काठमाडौं धाउनुपर्ने झन्झटलाई मध्यनजर गर्दै यस्ता सुविधाहरु पूर्वेलीहरुको घरघरमा पु¥याउन शाखा विस्तार गरिएको सञ्चालक अधिकारीले जानकारी दिनुभयो ।

‘झापा तथा हेडौंडाबासीले विदेश भ्रमणको लागि धेरैभन्दा धेरै सुविधा आफ्नै शहरबाट प्राप्त गरुन भन्ने हाम्रो चाहना हो ।’ अधिकारीले भन्नुभयो । हामी गुणस्तरीय सेवा प्रदान गर्न चाहन्छौँ । नेपालमा पर्यटन प्रबद्र्धनबाहेक हाम्रो कुनै मिसन छैन ।

त्यस्तै, अधिकारीले नेपालमा पर्यटन विकासको प्रचुर सम्भावना भएकाले पर्यटनका स्रोत र साधानको सही प्रयोग हुन सकेमा नेपालको समृद्धी टाढा नभएको बताउनुभयो ।

पर्यटन विकासमा आफू सधैं दृढ रहेको बताउँदै आउनुभएको अधिकारीले छिटोभन्दा छिटो विदेश भ्रमणमा जाने नेपालीहरुको सहजताको लागि नेपालका सातै प्रदेश, मुख्य सहरहरुमा कम्पनीको शाखा विस्तार गर्ने अधिकारीले जानकारी दिनुभयो । प्रा.लिको केन्द्रिय कार्यालय काठमाण्डौंको ठमेलमा रहेको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan