बैंक अफ काठमाण्डू र ग्राण्डी अस्पतालबीच सम्झौता
न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |

काठमाडौं, ३ बैशाख । बैंक अफ काठमाण्डू र ग्राण्डी अस्पताल बीच कार्ड प्रयोगकर्ताहरुलाई ७.५५ सम्म Discount उपल्ब्ध गराउने सम्झौता भएको छ ।
अब बैंक अफ काठमाण्डूका ग्राहकहरुले ग्राण्डी अस्पतालमा उपचार गराउंदा ७.५५ सम्म Discount प्राप्त गर्ने भएका छन् ।
उक्त सम्झौतामा गत बिहिबार बैंकका र ग्राण्डी अस्पतालका बजार व्यवस्थापन प्रमुखहरुले हस्ताक्षर गर्नु भएको हो ।
सम्झौता अनुसार यो छुट ग्राण्डी अस्पतालका सेवाहरुमा लागु हुने र अन्य सेवा जस्तै औषधी उपभोग्य बस्तु, प्रत्यारोपण सामाग्री तथा चिकित्सकको परामर्श शुल्कमा भने छुट लागु नहुन बैंकले जनाएको छ ।