Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणबारे एमालेकै नेता भिम रावलको प्रश्नै प्रश्न (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ बैशाख । सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री ओलीको भारत भ्रमणप्रति संशकित भएको पाइएको छ ।

टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सगरमाथाको देश सागरसँग जोडियो भन्नुको अर्थ के को भन्दै कतै भारतको उतरी सिमाना नै नेपालको सगरमाथा भन्नु खोजेको त होइन ? भन्दै रावलले आशंका गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे उल्लेख गर्दै नेता रावलले भने,‘उहाँले जुन भ्रमण गर्नुभयो, संयुक्त वक्तव्य जारी भएको छ, वक्तव्यमा रेलमार्ग र जलमार्गको कुरा गर्नुभएको छ, कृषिमा कुरा गर्नुभएको छ, यस सम्बन्धमा मैले विस्तृत अध्ययन र कुरा सुन्न बाँकी नै छ, गृहजिल्लाबाट म हिजोमात्रै काठमाडौं आएको छु।’ प्रधानमन्त्रीको भारत भ्रमणबारे आफू र प्रधानमन्त्रीबीच कुराकानी हुन नपाएको उनले स्पष्ट पारे ।

उनले नेपालमा जलमार्ग बनाउने कुरा धेरै पहिल्यैदेखि नै उठ्दै आएको सुनाए । उनले थपे,“जलमार्गको विषयमा जमिनसँगमात्रै जोडिएको र सुमधुर सम्बन्ध भएको देश भएकोले कोशी र कर्णालीजस्ता ठूला नदीहरुबाट स्टिमरहरु चलाउने, हाम्रो जलले जति धान्न सक्छ, त्यतिसम्म जाने, भारत र नेपालबीच त्यो सहमति भएर नेपालका स्टिमरहरु (भारतका मात्रै आउन पाउने) तर नेपालका जान नपाउने भयो भने त्यसको कुनै अर्थ छैन ।”

पूर्वका ९ वटा जिल्लालाई डुबाएर आफूहरुले कोशी ड्याम बनाउँदा नेपालको वार्षिक अरबौं रुपैयाँ क्षति भएको उनले स्पष्ट पारे ।

त्यस्तै उनले डुबानले तराईका जनता पीडित भएकोले यस सम्बन्धमा पनि भारतसँग कुरा भएको कि भएन भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरे । उनले थपे,“त्यो विषय संयुक्त वक्तव्य (जोईन्ट स्टेटमेन्ट)मा मैले देखिन, त्यो कुरा हुनुपर्दथ्यो, भारतले दशगजामा मिचेर आफ्नो संरचना बनाएर हाम्रो क्षेत्रलाई डुबाउन उसले पाउँदैन, हामीले पनि यहाँ कुनै संरचना बनाएर भारतलाई डुबाउन पाउँदैनौं, त्यो अन्तर्रा्ष्ट्रिय रुपमै अधिकार छैन ।”

उनले १० वर्षमा महाकाली सन्धिको पूनरावलोकन गर्ने भनिएको भएपनि यो २० वर्ष पूरा हुँदापनि विस्तृत परियोजना नबनेकोमा दुःख व्यक्त गरे ।

त्यस्तै उनले भारतले विराटनगरमा स्थापना गरेको महावाणिज्य दूतावास कार्यालय तत्काल हटाउनुपर्ने भन्दै सन् १९५० को सन्धि र महाकाली सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा राखे । रावलले आफ्नो पार्टीको अडान यथावत नै रहेको सुनाए ।

उच्च तहमा भ्रमण हुँदापनि सरकारले यसबारेमा किन प्रश्न उठाएन भन्दै रावलले प्रश्न गरे । नेपालको व्यापार घाटा घटाउने कुरामा पनि ठोस कुरा हुनुपर्ने उनको भनाई थियो ।

आफूले माथि उठाएका कुराहरुमा प्रधानमन्त्रीले कुरा गरेको हो भने राम्रो र भ्रमण सफल भयो भनेर आफूले भन्ने रावलले बताए । भारत र नेपाल दुवै तर्फले डिप्लोमेटिक नाईसिटीजमा मात्रै सिमित राख्न नहुने बरु परिणाममा ध्यान दिनुपर्ने उनको सुझाव छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan