Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वाम एकताबारे ओली र दाहालबीच छलफल हुँदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ बैशाख । अन्यौल बनेको वाम एकता प्रक्रियाबारे आज प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज छलफल हुँदैछ ।

एकताका लागी कार्यदलस्तरमा सहमति भएका बिषयमा शीर्ष तहमा छलफल समेत हुन नसकिरहेका बेला आज दुई नेताबीच भेट हुन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने छलफलपछि आजै पार्टी एकता संयोजन समितिको बैठक बस्ने सम्भावना छ । यद्यपी माओवादी केन्द्रका अध्यक्ष उपत्यकाबाहिर रहेकाले छलफलको समय भने तय भईनसकेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

आजको बैठकबाट एकताका लागी टुंगोमा पुग्न बाँकी रहेका बिषयमा सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।

एमाले नेता सुवासचन्द्र नेम्वाङले दुई अध्यक्षबीचको छलफलपछि संयोजन समितिको बैठक बसी सबै बिषय टुंग्याउने हिसाबमा छलफलको तयारी भएको जानकारी दिनुभयो ।  दुवै पार्टीले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर आगामी ९ गते पार्टी एकता गर्ने घोषणा गरेका छन् । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan