Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री ज्ञवाली चीन जादै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ५ दिने भ्रमणका लागि आज चीन जादै हुनुहुन्छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण तयारी तथा नेपाल चीनबीच भएका सहमति सम्झौताको कार्यन्वयन अवस्थाबारे छलफल ज्ञवाली त्यसतर्फ जान लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयले भने मन्त्री ज्ञवालीको भ्रमणलाई सद्भाव भ्रमण भनेको छ । उहाँ राति ११ वजे चीनका लागि प्रस्थान गर्नुहुने परराष्ट्रले जनाएको छ ।

विभिन्न विकास परियोजना, आर्थिक सहयोग लगायत चीनसंग यसअघि भएको सहमति र सम्झौता कार्यन्वयन गर्ने विषयमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण अर्थपूर्ण हुने बताईएको छ ।

यसअघि भारतको भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले लगत्तै चीन जाने तयारी गर्नुभएको छ । यसको तयारी स्वरुप प्रधानमन्त्रीले ज्ञवालीलाई चीन पठाउन लाग्नुभएको हो ।  


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan