Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आज पाँच सय २५ करोडको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ बैशाख । नेपाल राष्ट्र बैंकले आज सोमबार पाँच सय २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार जारी मिती बैशाख चार गते तोकेर उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागिएको हो । ट्रेजरी खरिदको लागि आज अपरान्ह तीन बजेसम्म आवेदन दिन सकिने छ ।

राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको तीन सय करोड र एक सय ८२ दिने अवधिको दुुई सय २५ करोड रुपैयाँ रहेको छ ।

सो मध्ये ९१ दिने अवधिको परिपक्व मिती २०७५ साउन एक गते रहेको छ भने एक सय ८२ दिने ट्रेजरीको परिपक्व हुने अवधि २०७५ असोज ३० गते रहेको छ ।

यसअघि पनि राष्ट्र बैंकले चेत २६ गते दिने अवधिको तीन सय करोड, एक सय ८२ दिने अवधिको एक सय ८९ करोड ८६ लाख र तीन सय ६४ दिने अवधिको छ सय करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan