Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चीन भ्रमणमात्रै की ! तातोपानी नाका पनि खुलाउने ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ५ दिने भ्रमणका लागि आज चीन जाँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारी तथा नेपाल–चीनबीच भएका सहमति-सम्झौताको कार्यान्वयन अवस्थाबारे छलफल गर्न ज्ञवाली चीन जान लागेसँगै राजनितिक वृतमा तरङ्ग फैलिएको छ ।

ज्ञवालीको भ्रमण मुख्यतयः प्रधानमन्त्रीको चीन भ्रमण र तातोपानी नाका खुलाउन केन्द्रित हुने बुझिएको छ । तर प्रधानमन्त्रीको चीन भ्रमणमात्रै की तातोपानी नाका पनि खुलाउने ? आम नागरिकले प्रश्न गर्न थालेकाछन् ।

हुन त मन्त्री ज्ञवालीको चीन भ्रमणलाई सद्भाव भ्रमणको रुपमा हेरिएको छ । विभिन्न विकास परियोजना, आर्थिक सहयोग लगायत चीनसंग यसअघि भएको सहमति र सम्झौता कार्यन्वयन गर्ने विषयमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण अर्थपूर्ण हुने बताईएको छ ।

यसअघि भारतको भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले लगत्तै चीन जाने तयारी गरेका छन् । यसको तयारीस्वरुप प्रधानमन्त्रीले ज्ञवालीलाई चीन पठाउन लागेका हुन् । यसैबीच उत्तरी छिमेकी चीनले दुई देशीय रेलमार्ग निर्माणसहित अन्य आर्थिक सहकार्यको प्रस्ताव गरेको धेरै समय भएपनि यसले मूर्त रुप पाउन सकेको छैन ।

यस विषयमा पनि मन्त्री ज्ञवालीले चीनीयाँ पक्षसँग कुराकानी गर्ने बुझिएको छ । लामो समयदेखि बन्द रहेको नेपालको सिन्धुपाल्चोक जोड्ने तातोपानी नाका सूचारु गर्नेबारे पनि मन्त्री ज्ञवालीले कुरा गर्ने बुझिएको छ ।

यता प्रधानमन्त्री ओलीको चाहना पनि यही जुन वा जुलाईमा चीन जानेछ । ओलीको पहिलो विदेश भ्रमण चीनबाट सुरु गराउन चीनीयाँ पक्षले तयारी नगरेको भने होईन् ।

तर, धेरै प्रयास गर्दापनि चीनीयाँ पक्ष ओलीको पहिलो विदेश भ्रमण चीनबाट सुरु गराउन सफल भएनन् । नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरीले ओलीको पहिलो विदेश भ्रमण भारतबाट गराउन सफल भए ।

निर्वाचन सम्पन्न भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक फोनवार्ता गराए, यही विचमा विदेशमन्त्री सुष्मा स्वराजको नेपाल आगमन भयो । यही कारणले ओलीले आफ्नो पहिलो विदेश भ्रमण भारतबाट सुरु गरे ।

ओलीलाई पहिलो भ्रमण आफ्नो देशबाट सुरु गराएर भारतले बाजी मारिसकेपछि चीन मत्थर छ । अहिले पनि चीनले ओलीको चीन भ्रमणबारे कुनै गृहकार्य गरेको छैन् ।

चीनसँग भएको दश बुँदे सहमति अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् । ज्ञवाली राति ११ वजे चीनका लागि प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan