Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

खारेज भएका म्यान पावर कम्पनीहरुको धन्दा जारी,अझै विदेश कामदार पठाउँदै (कम्पनीहरुको नाम सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan

रोशन कार्की , काठमाडौं, ३ बैशाख । अस्थिर राजनीतिका कारण बढ्दो बेरोजगारीको फाइदा उठाउँदै देशभर सञ्चालनमा रहेका म्यानपावर कम्पनीले युवायुवतीलाई रोजगार दिलाउने भन्दै ठगी गर्ने कार्यले झन् तीव्रता पाएको छ ।

रोजगारीको आशामा भौँतारिएका युवायुवतीहरुले स्वदेशमा कुनै काम नपाएपछि बाध्य भएर विदेशी भूमिमा श्रम गर्नजाने युवायुवतीताई विभिन्न नक्कली विवरण देखाएर आफूखुसी रकम असुली गरी ठगी गर्दा समेत सम्बन्धित निकायले कुनै चासो समेत दिएको छैन ।

यस्तै युवायुवतीलाई जापानको टोकियोमा रोजगारी र अध्ययन गर्न पठाउने भन्दै करोडौँ रुपैयाँ असुली गरी ठगी गर्ने एक म्यानपावर कम्पनीको कार्यलयमा ताला लगाइएको छ । काठमाडौं जिल्ला धापासी–८ मा रहेको पोतला ओभरसिज प्रालिले २०७४ जेठ महिनामा जापानको राजधानी टोकियो सहरमा रहेको एग्रिकल्चरमा एक सय जनालाई कामका लागि पठाइदिने भन्दै प्रतिव्यक्ति दुई लाख रुपैयाँ असुली गरेको पाइएको छ ।

नक्कली विवरण देखाएर सो सहरमा कुनै पनि एग्रिकल्चर नभएको भन्दै पैसा फिर्ता माग्दा उल्टो गुण्डा लगाएर कुटपिट गरेको भन्दै माओवादी केन्द्रको भ्रातृसंगठन वाईसीएल नेपालले सो ओभरसिजको कार्यलयमा तालाबन्दी गरी तत्काल पैसा फिर्ता गर्न दबाब दिएको छ ।

श्रम तथा वैदेशिक रोजगार विभागमा दर्ता नम्बर २१२÷०५७÷०५८ रहेको सो ओभरसिज राजु दाहाल भन्ने लुप्तबहादुर दाहालको एकल सञ्चालनमा रहेको छ । सो म्यानपावर कम्पनीका सञ्चालक दाहाललाई तत्काल सबै पैसा फिर्ता गर्न आग्रह गरेको तर सो रकम फिर्ता गर्न आनाकानी गरेको, पैसा फिर्ता नगरे तालबन्दी गरी कारबाहीका लागि पहल गर्ने वाईसीएल नेपाल काठमाडौं जिल्ला अध्यक्ष मानबहादुर तमाङ ‘शिशिर’ले बताएका छन् ।

म्यानपावर कम्पनीका सञ्चालक दाहालले उनका सहयोगी विक्रमबाबु श्रेष्ठलाई सो रकम बुझ्न लगाएका थिए । देशमा बढ्दै गएको बेरोजगारीको फाइदा उठाउँदै रोजगारीका नाममा ठग्ने क्रम पछिल्ला दिनमा बढ्दै जाँदा समेत सरकारी निकायले कारबाही गर्न नसक्दा सो अवैध कारोबारले तीव्रता पाएको हो ।

विदेशमा गएर रोजगारी गरी लाखौँ लाख कमाउने सपना बोकेका युवाहरू ठगिन पुगेका छन् । विभागमा दर्ता गरी कार्यालय सञ्चालन गरेका कम्पनीले ठगी गर्ने क्रम रोकिएको छैन । म्यानपावर कम्पनीको बोर्ड झुण्ड्याएर ठगी गर्ने क्रम बढेसँगै वैदेशिक रोजगार विभागले समयमा नै नियमन र नियन्त्रण गर्न नसक्दा युवाहरू ठगिनुपरेको छ ।

म्यानपावर एजेन्टका रुपमा रहेका तर अनुमति नभएका एजेण्टबाट गाउँदेखि नै युवायुवती ठगिने गरेका छन् । विभिन्न म्यानपावर कम्पनीको एजेन्टले गैरकानुनी रूपमा म्यानपावरकै रूपमा काम गरिरहेको भेटिएको भए पनि सरकारले कारबाही भने गर्नसकेको छैन ।

धेरै अनुमति नपाएका एजेन्टहरूले जिल्लामै पासपोर्ट संकलन गर्दै कामदार विदेश पठाउने काममा संलग्न भएको भेटिएको छ । यसरी ठगी गर्नेमा मन्त्रालयले खारेज भइसकेका म्यानपावरका एजेन्टहरुले समेत गर्दै आएको भेटिएको छ ।

विभागको अफिसियल साइटमा खारेज भएका तीन सय ९२ म्यानपावरका एजेन्टको सूची सार्वजनिक भएको छ । तर, आधिकारिक एजेन्टहरूको सूची विभागसँग छैन । म्यानपावरको एजेन्टका लागि सरकारले ‘लाइसेन्स’ जारी गर्छ, जसका लागि वैदेशिक रोजगार विभागमा दुई लाख धरौटी राख्नुपर्छ ।

कामदार ठगेमा धरौटी रकम निकालेर कामदारलाई दिने व्यवस्था छ । केही समय अघिसम्म वैधानिकरूपमा लाइसेन्स लिएका एजेन्टको संख्या सात सयको हाराहारी थियो । एजेन्टहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार प्रतिनिधि एजेन्ट एसोसिएसनले वैधानिक एजेन्टले राखेका १० हजार सब–एजेन्ट नेपालमा क्रियाशील रहेको बताइएको छ ।

देशभरका तीन सय ९२ एजेन्टलाई खारेज गरेको हो । विभागले सूचना जारी गर्दै खारेज भएका एजेन्टको सूची सार्वजनिक गरेको हो । खारेजमा परेका एजेन्टहरूमा चन्द्रमा ओभरसिज, डिप्रोटन मेनपावर सप्लायर्स, ईशान ओभरसिज, याना म्यानेजमेन्ट एण्ड सर्भिस, ग्लोबल राइजिङ प्लेसमेन्ट, मिराजकल इम्प्लोइमेन्ट सर्भिस, डमरु रिसोर्सेज, आल आस्कमाक्स कम्पनी रहेका छन् ।

त्यस्तै, अरोमा इन्टरनेशनल, नमो बुद्ध इन्टरनेशनल सर्भिसेज, ¥याडिएन्ट ओभरसिज, अल्फा सिग्मा ह्युमन रिसोर्सेस म्यानेजमेन्ट, डल्फिन ओभरसिज सर्भिसेज, साउण्ड लाइन्स रिक्रुटमेन्ट, स्यारोन मेनपावर सर्भिस, क्लासिक ओभरसिज मेनपावर, सोसियल इम्प्लोइमेन्ट सर्भिस, मुस्ताङ ओभरसिज, नमस्ते नेपाल मेनपावर, भण्डारी ओभरसिज, हिमारव ओभरसिज, जीसीडी वल्र्ड वाइड, राज ओभरसिज, नेबिल ओभरसिज, हमदन इम्प्लोइमेन्ट सर्भिस, ह्वाइट पर्ल रिक्रुटमेन्ट सर्भिस, अस्मिता इन्टरनेशनल, इम्प्लाइमेन्ट क्रिएसन सर्भिस, वेलकम ओभरसिज, खम्बू ओभरसिज सर्भिसेस, विराट ओभरसिज इन्टरनेशनल, एमबीके ओभरसिज, लोटस ह्युमन रिसोर्स, कञ्चन ह्युमन रिसोर्स रहेका छन् । त्यसैगरी साउथ एसियन इम्प्लोइमेन्ट, मुन ड्रप ओभरसिज, लक्की एचआर सोलुसन, त्रिवेणी ओभरसिज कन्सर्न, शेर्पा इन्टरनेशनल मेनपावर, लिबर्टी एचआर कन्सल्टेन्ट, सम्पदा ओभरसिज, आकर्षण इन्टरनेशनल, पाल्ही ओभरसिज, करियर इन्टरनेशनल ओभरसिज, लाइफलाइन ओभरसिज, मिथिला मेनपावर सर्भिस, मदरल्याण्ड ओभरसिज, डिलक्स एचआर सोलुसन, सुवास ह्युमन रिसोर्सेस, सार्प ह्युमन रिसोर्सेस प्रालि, मेरिगोल्ड ओभरसिज, टाइटानिक मेनपावर सर्भिस, एसपीएस मेनपावर ओभरसिज, अस्मिता इन्टरनेशनल ओभरसिज, प्याराडाइज इन्टरनेशनल, रोटरी ओभरसिज, विजे ओभरसिज, ह्वाइट हर्स ओभरसिज, एडभेन्चर ह्युमन रिसोर्स, जब वल्र्ड इन्टरनेशनल ओभरसिज, रेज रिक्रुटमेन्ट, अक्टोपस ओभरसिज, अल कर्निस ओभरसिज सर्भिस रहेका छन् । त्यस्तै लिंक स्टार मेनपावर सर्भिस, स्टार नेपाल इन्टरनेशनल, काठमाडौँ इन्टरनेशनल, इन्कर्पोरेट, खोजी रिक्रुटमेन्ट सर्भिसेस, एसभी एसोसिएट्स, नोकरी नेपाल रिक्रुटमेन्ट ओभरसिज, वल्ड वेज मेनपावर इंक, आस्था इन्टरनेशनल ओभरसिज, आरएण्डआर ग्लोबल जब ट्रयाकर, मसारेक इन्टरनेशनल ओभरसिज, सप्तकोशी ह्युमन रिसोर्स, मिडिल अर्बिट ओभरसिज, मोभिरा ओभरसिज सर्भिस, विराट एसोसिएट्स, शुभहारती मेनपावर, तार्गेट कन्सल्टेन्ट ह्युमन रिर्सोस, नाइल इन्टरनेशनल मेनपावर एजेन्सी र क्रोमा इन्टरनेशनल रहेका छन् । यी खारेजीमा परेका म्यानपावर कम्पनीले अहिलेसम्म आफ्ना एजेण्टमार्फत ठगी धन्दा चलाइरहेका छन् ।

ती म्यानपावर कम्पनीहरुले राहदानी संकलन गर्ने र लामो समयसम्म अल्झाइरहने, भिसा आउँदै छ, पर्खिनु भन्दै अग्रिम रकम असुली गर्दै आएको पीडितहरुले बताएका छन् । अनुमति नै नलिई म्यानपावर चलाएर ठगी गर्नेहरु पक्राउ परे पनि कारबाही भने भएको सार्वजनिक भएको छैन । बुद्धनगरमा रहेको म्यानपावरको कार्यालयबाट प्रहरीले चार जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले बाग्लुङ ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ घर भएका ३५ वर्षीय कृष्ण भन्ने टोपबहादुर महत, सुनसरी धरान नगरपालिका–१६ घर भई काठमाडौँ वसुन्धारा बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठ, बाग्लुङ ढोरपाटन घर भई मनमैजु बस्ने १९ वर्षीय जित सत्याल र मोरङ सिजुवा घर भई ललितपुर बस्ने २६ वर्षीय रमेश काफ्लेलाई पक्राउ गरेको भए पनि उनीहरुमाथि कस्तो कारबाही भयो भन्नेबारे सम्बन्धित प्रहरीले बताउन चाहेन ।

उनीहरुले बालाजुस्थित एउटा घरको दोस्रो तलामा सरल वैदेशिक रोजगार परामर्श केन्द्र प्रालि नामक कार्यालयका संचालक महतले बिभिन्न व्यक्तिहरुलाई बैदेशिक रोजगारमा पठाई दिन्छु भनी गैरकानूनी रुपले बिभिन्न व्यक्तिहरुको राहदानी संकलन गर्ने, रकम र राहदानी संकलन गरे पश्चात बैदेशिक रोजगारमा नपठाई पीडितहरुलाई ठगी गरेको सूचनाका आधारमा प्रहरीले छापा हानी उनीहरुलाई पक्राउ गरेको थियो ।

महानगरीय अपराध महाशाखा तथा बैदेशिक रोजगार बिभाग बुद्धनगरबाट खटिएको टोलीले उनीहरुलाई राहदानी, बैदेशिक रोजगारसंग सम्बन्धीत बिभिन्न कागजातहरु सहित पक्राउ गरेको थियो ।

उनीहरुले कुवेत, दुवई, कतार, साउदी अरबलगायतका देशहरुमा राम्रो रोजगारीको अवसर छ भनी प्रलोभनमा पारी राहदानी र प्रतिव्यक्ति दुई लाख रुपैयाँ लिने गरेको तथा पीडितहरुलाई लामो समयसम्म विदेश नपठाई आलटाल गर्ने, कसैलाई अन्य म्यानपावर कम्पनीसँग सम्पर्क गरी वैदेशिक रोजगारीमा पठाउँछु भनी अल्झाइराख्ने गरेको खुल्न आएको महाशाखाले जनाएको थियो । आर्थिक दैनिकका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan