Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओलीले दवाब दिएपछि सुकुटेबाट आएका प्रचण्ड तनावमा !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ वैशाख । आराम गर्न हिजो साँझ सिन्धुपाल्चोकको सुकुटे बिच पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी ओलीले तारम्तार फोन गरेपछि काठमाडौं आएकाछन् । प्रचण्ड एमाले अध्यक्ष समेत रहेका केपी ओलीसँग पार्टी एकताबारे छलफल गर्न त्यहाँबाट बालुवाटार आए ।

प्रचण्ड ओली बिच आज निर्णायक वार्ता गर्ने भनिएको थियो । प्रचण्डले एकताबारे चार वटा एजेण्डा लिएर त्यहाँबाट हिँडेका छन् । जस अनुसार सम्मानजनक एकता, कार्यकारी अधिकारसहितको अध्यक्ष, ओलोपालो प्रणालीमा प्रधानमन्त्री, दुई चार जना केन्द्रिय समिति तलमाथि भएपनि वडादेखि केन्द्रसम्म ५०५० र सुर्य चिन्हभित्र हँसिया हथौडा हाल्नैपर्ने रहेका छन् ।

त्यस्तै एकीकृत पार्टीको सैद्धान्तिक विचार जबज र २१ औं जनवादलाई महाधिवेशनबाट टुँग्याउने पनि प्रचण्डको अडान रहेको छ । एमाले र माओवादीका शीर्ष नेताहरु पार्टी एकताको प्रयासमा आज फेरि छलफलमा जुट्दैछन् ।

एमाले र माओवादीबीच यही वैशाख ९ गते एकता घोषणा गर्ने यसअघि नै सहमति भइसकेको छ । चुनाव चिह्न, विधानको प्रस्तावनामा जनयुद्ध शब्द र केन्द्रीय समितिमा रहने दुवै दलका सदस्य संख्याको विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन । आजको बैठकमा प्रचण्डले एकताबारे अन्तिम टुङ्गो लगाउने भने पनि ओलीकै भागबण्डे अडानले अन्योल बढेको छ ।

पार्टी एकताबारे ठोस सहमति गर्न प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक लम्बिने संकेत देखिएको छ ।

प्रचण्डले सम्मानजनक एकता त्यसमा पनि ५० ५० हुनुपर्ने अडान र प्रधानमन्त्रीमा आलोपालो हुनुपर्ने जिकिर गरेपछि दुई नेताहरुको बैठक लम्बिने भएको
हो उच्च स्रोतले भन्यो ।

बैठकमा प्रचण्डले प्रधानमन्त्री आलोपालो चलाउनेबारे लिखित नै सहमति खोजेपछि ओली सहमत हुन नसक्ने स्रोत बताउछ ।  प्रधानमन्त्री ओलीले मौखिकमै सहमति गर्न दवाब दिएपछि सिन्धुपाल्चोकको सुकुटेबाट आएका प्रचण्ड तनावमा परेकाछन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan