Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पाण्डेलाई बस्नेतको चुनौति भिजिटिङ कार्ड फेरेर चुनाव लड्न आउनुस् - भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौँ ,३ बैशाख । नेपाल शैक्षिक परामर्श संघ ९इक्यान०को आउँदो निर्वाचनका लागि सरोज बस्नेत समुहले काठमाडौँमा एक कार्यक्रम आयोजना गरि उमेद्वारी घोषणा गरेको छ । 

उक्त समुहले विषेश कार्यक्रम मार्फत उमेद्वारी घोषणा गरेको हो । उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्षका उमेद्वार सरोज कुमार बस्नेतले निर्वाचनको मुखमा आफ्ना प्रतिस्पर्धीलाई सांङकेतिक  प्रहार गरेका छन ।

आफ्नो उमेद्वारीको बारेमा मन्तब्य राख्दै बस्नेतले आफूले संधै कामलाई पुजा गर्ने र आफ्ना लागि शैक्षिक परामर्शको क्षेत्र भन्दा अर्को काम नभएको र एक शैक्षिक परामर्श दाता हुँ भनेर भिजिटिन कार्ड देखाउँदा गर्व लाग्ने बताएका छन ।

आफ्ना प्रतिद्वन्दी बिष्णुहरी पाण्डे तर्फ संकेत गर्दै आफू परामर्श दाता मात्रै भएको र साँचो अर्थमा परामर्श दाताको हित हुने गरि नेतृत्व गर्न चाहेको उनको भनाई थियो । पाण्डेलाई कन्सल्टेन्ट भन्दा पनि अन्य ब्यापारमा मोह रहेको र एउटा ब्यापारीको रुपमा कन्सल्टेन्सी बृतमा चर्चा चलेकाले बस्नेतले पाण्डेलाई भिजिटिङ कार्डको उदाहरण दिएर ब्यङ्ग्य प्रहार गरेका छन् ।

भिजिटिङ कार्ड फेरेर चुनाव लड्न आउनुस् , जताततै हात हालेर नेतृत्व लिन गाह्रो रहेको उनको भनाई थियो । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्षका उमेदवार उमेश ढुंगेलले दिनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उमेश ढुंगेलले भने अब हामी शैक्षिक परामर्शवालाहरु पारर्दशी कार्यमा लागि उच्च छवी कायमका गराउन लाग्नु पर्ने समय आएको बताउनु भएको थियो ।  

बस्नेत समुहबाट अध्यक्षमा सरोज कुमार बस्नेत, उपाध्यक्षमा राजेन्द्र रिजाल, मेहेशबाबु तिमल्सिना र उमेश ढुंगेल, महासचिवमा सन्तोष प्याकुरेल, सचिवमा विक्रम के।सी र ज्ञानेन्दमान जोशी, कोषाध्यक्षमा सुर्य बहादुर डाँगी, सहकोषाध्यक्षमा राकेस श्रेष्ठले उमेद्वारी घोषणा गरेका छन ।

त्यसैगरि सदस्यहरुमा प्रशान्त शाह, मणिराम रावत, दिपक कोइराला, सुनिता श्रेष्ठ, नवराज खत्री के।सी, हरिराम लामिछाने, सोभित श्रेष्ठ र मोनोरम शाहले उमेद्वारी घोषणा गरेका छन ।

उक्त कार्यक्रममा बस्नेतले गरेको सम्बोधनको भिडियो यस्तो छ हेर्नुहोस ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan