Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

वीपीका उपकुलपतिका विरुद्ध कर्मचारीमा विद्रोह बढ्दै, वीपी प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमित श्रीवास्तबले राजीनामा दिए

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

धरान, ३ बैशाख । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको चरम भ्रष्टाचारका विरुद्ध डेपुटी रजिष्ट्रारले विद्रोह गरेका छन् ।

प्रतिष्ठानका डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले प्रतिष्ठानमा भईरहेको चरम भ्रष्टाचारमा उपकूलपतिले आफुलाई समेत मुछ्न खोजेपछि प्रतिष्ठानको खरिद तथा मुल्याङकन समिति र उपकूलपतिको सचिवालय प्रमुखबाट समेत राजिनामा दिएका हुन् ।

प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियार उपकूलपतिमा नियुक्ति भएसँगै उपकरण खरिद र भवन निर्माणमा रजिष्ट्रार तूलबहादुर श्रेष्ठलाई समेत अधिकार विहिन बनाएर लूटतन्त्र मच्चाएका थिए ।

उनले रजिष्ट्रारलाई बाईपास गर्न डेपुटी रजिष्ट्रारलाई हातमा लिएर भ्रष्टाचार गर्ने बाटो अपनाए पनि डेपुटी रजिष्ट्रारले उपकूलपतिको भ्रष्टाचारमा आफु संलग्न हुन नसक्ने भन्दै राजिनामा बुझाएका हुन् ।

डेपुटी रजिष्ट्रारले मुल्याङकन समिति र सचिवालय प्रमुखबाट राजिनामा दिएपछि प्रतिष्ठानमा कार्यरत अन्य कर्मचारीले समेत उपकूलपतिका विरूद्ध राजिनामा नै दिएर आन्दोलन गर्ने तरखरमा लागेका छन् ।

प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले डेपुटी रजिष्ट्रार अमित श्रीवास्तवले राजिनामा दिएको पुष्टि गरे । ‘उहाँले मुल्याङकन समितिको संयोजक र सचिवालयको प्रमुख बाट राजिनामा दिनुभएको छ ।’ रजिष्ट्रारले भने ।

प्रतिष्ठान स्रोतका अनुसार उपकुलपति डा. रौनियारले डेपुटी रजिष्ट्रार मार्फत एमआरआई उपकरण खरिदलाई बैधानिकता दिन खोजिरहेका थिए । राजिनामा दिएको विषयमा डेपुटी रजिष्ट्रारसँग जानकारी लिनका लागि फोन सम्पर्क गर्दा उनको मोवाईलमा सम्पर्क हुन सकेन ।

पछिल्लो समय प्रतिष्ठानमा उपकूलपति डा. रौनियारले पदिय दुरूपयोग गर्दै अंकोलोजी, कार्डियोलोजी भवन निर्माणको परामर्शदाता छनौटमा भ्रष्टाचार गरेका थिए ।

उपकूलपतिले डेपुटी रजिष्ट्रार तथा मुल्यांकन समिति प्रमुखलार्इ दवाव दिएरै केज कन्सल्टेन्सिका मालिक बिष्णुपन्थीसँग कमिसन वार्गेनिङ्ग गराई अनुचित तवरले मुल्यांकन गर्न लगाई लागतको ३।६ प्रतिशतमा परामर्शदाता नियुक्त गरेका थिए ।

सँगैको २.८ अरबको मातृ शिशु भवनको परामर्शदाता शुल्क लागतको १.४ प्रतिशत लिएको केज कन्सल्टेन्सिले यस काम वापत डा. रौनियार र निजको सचिवालयलाई सम्झौता गरेकै दिन मोटो रकम कमिसन दिनु पर्ने शर्त थियो ।

यसै अनुरुप ड्रर्इङ्ग डिजाइनमै आधा भन्दा बढि रकम दिने गरि सम्झौता गरियो र, हतार हतार १५ दिनमा ड्रर्इङ्ग डिजाइन गर्न लगाई मोटो रकम करोड भुक्तानी दिर्इयो । तत पश्चात भवन निर्माणको निमित्त ठेक्का खोलेर कमिसनको कुरा नमिलेपछि ठेक्का खोल्ने २ घण्टा अगाडी रद्द गरियो । यो काण्डले पुर्वाञ्चलवासीको धरानमै क्यान्सर र मुटु रोग उपचार गर्ने सपना चकनाचुर भएको थियो ।

यसमा चलाखीपुर्वक डा. रौनियारले मोटो रकम असुल्ने मौका पाएका थिए । तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहराले कारवाही गर्न लाग्दा आरजु देउवालाई उमेश श्रेष्ठ मार्फत रौनियारले मोटो रकम दिएर आफ्नो पद जोगाएका थिए ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan