Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मिडिया तस्करले चलाएको उद्योग मन्त्रीको आरोप

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३ बैशाख । नेपाली मिडियामा भ्रष्ट कर्मचारी र तस्करको लगानी छ भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आरोप लगाएपछि ठूला मिडिया बगबगाएका छन् ।

यो देशमा मिडियाकै कारण प्रधानन्याायधीशको पदसमेत असुरक्षित हुन थालेको देख्दा देख्दै क्रान्तिकारी पल्टेर मन्त्री यादवले यसरी खुलेआम बोल्दा उनीमाथि अव के-के उपद्रव आउने हो भनेर राजनीतिक नेताहरुवीच चर्चा हुनथालेको छ ।

मन्त्री यादवको आरोप छ– पत्रकारले ’न्युज’मा ’भ्युज’ घुसाउने गरेका छन् । पत्रकारितामा तस्कर र भ्रष्ट कर्मचारीको लगानी छ ती मिडिया ठीक छैनन् । त्यस्ता मिडिया अब सतर्क हुनुपर्छ ।

मिडियामाथि पनि अनुगमन हुन्छ हुनुपर्छ कुनै ठूला मिडियाले म देश चलाइरहेको छु, मन्त्री हटाउन सक्छु भनेर कसैले नसोचे हुन्छ । प्रष्ट छ, मन्त्रीको संकेत कतातिर छ सबैले बुझेका छन् ।

यसरी क्रान्तिकारी भएर निस्किने मन्त्री यादव पहिलो व्यक्ति हुन् । अहिलेसम्म कसैले यसरी छाती ठोकेर मिडियामाथि भ्रष्ट र तस्करको पैसा लगानी भएको छ भनेर भनेका थिएनन् । न त मिडियामाथि अनुगमन हुन्छ भनेका थिए ।

त्यसो भए मिडियाको लगानी, लेखा परीक्षण, कर तिरे नतिरेको, मिडियालाई पव्लिककरण गर्ने काम होला त ? त्यसो हो भने ठूला मिडियाले गरेको धाँधली धेरै जनतामा आउनेथियो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan