Monday 16th of July | २०७५ असार ३२ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिटिजन्स बैंकमा सुन काण्ड

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३ बैशाख । प्रहरीले तस्करको सुन समात्ने र आफूभित्रै मिलेर खाएर सुन हराउने गरेको घटना भइरहन्छ । तर बैंकमा डिपोजिट भएको सुन कसरी हराउँछ ?

सिटिजन्स बैंकको विभिन्न शाखामा सुन हराउने क्रममा कुपण्डोल शाखाबाट १ सय ७३ तोला सुन हराएको छ । यसरी सुन त हराउँछ भने सेवाग्राहीको डिपोजिट कसरी सुरक्षित होला ? यस बारेमा राष्ट्र बैंकको बोर्डसम्म कुरा उठेको छ ।

सेवाग्राहीको विश्वास जितेर डिपोजिट लिने र कर्जा लगानी गरेर मार्जिन कमाउने बैंकहरु अन्यत्र पनि यस्ता घटना गुपचुप छन् कि भनेर सिआइवीले समेत चासो राखेको बुझिएको छ ।

सिटिजन्स बैंक कर्मचारीबाटै असुरक्षित भएपछि सेवाग्राहीहरुले डिपोजिट झिक्न जाँदा नमानेको र एफडी फिक्स डिपोजिट मेचुअर्ड नभई नदिने निर्णयमा सिटिजन्सका शाखाहरु पुगेका छन् ।

सिटिजन्स बैंकले गर्दा अरु बैंकहरुलाई समेत डिपोजिट संकलन गर्न अप्ठेरो भएकोले बैंकर्स क्लबमा समेत छलफल भएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan