Thursday 19th of July | २०७५ श्रावण ३ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओली–प्रचण्डको वार्ता आज पनि अल्मल,एमाले स्थायी समिति बैठक आजै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan

काठमाडौं, ३ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डबीचको एक्लाएक्लै भएको भेटवार्ता सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ११ बजेदेखि साँढे १ बजेसम्म भएको एक्लाएक्लै वार्ता पार्टी एकताबारे समझदारी कायम गर्दै सम्पन्न भएको छ ।

गत चैत्र २२ मा बसेको एमाले–माओवादी सम्मिलित वाम गठबन्धनको पार्टी एकता संयोजन समितिको बैठकले बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो। यही पेरिफेरीमा दुई नेताहरुबीच आज एक्लाएक्लै भेटवार्ता भएको हो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार बिष्णु सापाकोटाले भोलि विहान ९ नौ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकमा विवादित विषयमा छलफल गर्ने दुबै नेता सहमत भएको बताए ।

आजको बैठकमा नेतृत्व र संगठनात्मक प्रतिनिधित्वका लगायतका विषयमा छलफल भएको थियो । त्यस्तै एकीकृत पार्टीको चुनाव चिह्न, जनयुद्ध र जबजको विषयमा पनि छलफल भएको स्रोतको दाबी छ।

आजको वार्तामा दुई नेताबीच पार्टी एकता जसरीपनि सम्पन्न गर्ने समझदारी कायम भएको छ । त्यस्तै दुवै पार्टी बराबरीकै अनुपातमा एकता गर्नेपनि ओली–प्रचण्डबीच समझदारी बनेको छ। तर, आलोपालो प्रधानमन्त्री चलाउने बारेमा भने मौन रहने समझदारी बनेको छ ।

सकेसम्म बैशाख ९ गते नै एकता घोषणा गर्ने उनीहरुबीच समझदारी पनि आजको बैठकमा बनेको छ ।

पार्टी एकता र प्रधानमन्त्री ओलीको हालै सम्पन्न भएको भारत भ्रमणमा केन्द्रित रहेर नेकपा एमाले स्थायी समिति बैठक अहिले केही बेरमै सुरु हुँदैछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan