Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

महालेखाले भन्यो यी कर ठग हुन् ? भाटभटेनीका साहुलाई किन लागेन कानुन ?

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ३ बैशाख । जग्गा किनेर भाटभटेनी सुपर मार्केट खोल्ने अनि भाडामा दिएको भनेर भाडा कट्टा गरेर कर छली गर्ने भनेर महालेखा परीक्षकको रिपोर्टमै ३ करोड ८ लाख अपुग भएकोले अशूल उपर गर्नु भनेर किटानी गरिदिएको छ ।

यसरी रिपोर्ट आइसकेपछि पनि यी भाटभटेनीका साहु मीन बहादुर गुरुङले बेरुजु तिर्ने सुर गरेका छैनन् । उनी भन्छन्– यो तिर्नै नपर्ने रकम बेरुजु निकालेर हुन्छ, किन तिर्ने ?

देशको कानुनलाई, संवैधानिक निकायको रिपोर्टलाई लत्याउने साहस यिनमा कसरी आयो ? कुहिएको सामान बेचेर ग्राहकलाई ठग्दै आएको भाटभटेनीको यो पोल खुलेपछि राजनीतिक क्षेत्रमा बढी चर्चा भइरहेको छ ।

राजनीतिक व्यक्तिको कालोधन लगानी नभएको भए राजनीतिक बर्गमा किन चर्चा भइरहेछ ? भनिन्छ, यसमा क्रान्तिकारी माओवादी केन्द्रका अध्यक्ष कै लगानी छ ।

व्याज उनलाई तिर्नुपर्ने, कर सरकारलाई तिर्नुपर्ने, कसरी सम्भव छ भनेर उनले दुईचोटी आत्महत्याको प्रयास समेत गरिसकेका छन् ।

अब हेर्नुछ, राजनीतिक प्रभावमा यिनले कर तिर्छन् कि तिर्दैनन् ? महालेखाले त अशूल नै गर्नुपर्ने भनेको छ ।

तैपनि कानुनले यिनलाई किन छुदैन होला ?


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan