Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नीति तथा कार्यक्रममाथि जवाफ दिदैँ मुख्यमन्त्री त्रिलोचन भट्ट

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan


धनगढी ,३ बैशाख । सरकारले गतसाता प्रस्तुत गरेको नीति तथा कार्यक्रमको छलफलका क्रममा सांसदले राखेका प्रश्नको मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार प्रदेशसभामा जवाफ दिएका छन् । सबै पक्ष मिलेर संघीयताको जग बलियो बनाउनुपर्नेमा उनले जोड दिए ।

चालु आर्थिक वर्षको तीन महिनामा खर्च गर्ने गरी प्रदेश सरकारले बजेट ल्याउँदैछ। सोही बजेटको नीति तथा कार्यक्रमको छलफलमा प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासा तथा सुझावको मुख्यमन्त्री भट्टले जवाफ दिने कार्यसूची अनुरुप आज जवाफ दिनुभएको हो । ‘विगतदेखि जुनकुराबाट पीडित रह्यौं, त्यसबाट छुटकारा पाउने हाम्रो मुख्य लक्ष्य हो’ मुख्यमन्त्री भट्टले भने, ‘प्रदेश विकासको लक्ष्य प्राप्तिमा सबैले हातेमालो गरौं।’

नीति तथा कार्यक्रममा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री भट्टले सांसदहरुले राखेका रचनात्मक सुझावलाई सरकारले अनुशरणगर्ने प्रतिबद्धता ब्यक्त गरे। ‘कानुन निर्माण र पद्धतिको विकास सरकारको पहिलो प्राथमिकता हो मुख्यमन्त्री भट्टले भने । कांग्रेस सांसदहरुले सबैका लागि नौलो अभ्यास भएकाले प्रदेशको विकासका लागि एकआपसमा मिलेर जाने बताएका थिए।

मुख्यमन्त्रीको जवाफ सहितको प्रदेशसभालाई सम्बोधनसंग सरकारले पेश गरेको नीति तथा कार्यक्रमसमेत पारित भएको छ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan