Sunday 23rd of September | २०७५ असोज ७ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डा.थापाको निधनपछि भरतपुरस्थित क्यान्सर अस्पतालको न्यूरो सर्जरी सेवा बन्द

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan

चितवन, ३ बैंशाख। चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालको न्यूरो सर्जरी सेवा बन्द भएको छ । बरिष्ठ न्यूरो सर्जन डा. बालकृष्ण थापाको हवाइजहाज दुर्घटना परी निधन भएपछि न्यूरो सर्जरी सेवा बन्द गरेको हो ।

गएको फागुन २८ गते बंगलादेशबाट काठमाडौं आउँदै गरेको एयर बंगलाको विमान त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका अवतरणका क्रममा भएको दुर्घटनामा डा. थापाको निधन भएको थियो ।

डा. थापा अस्पतालका न्यूरो सर्जरी विभागका प्रमुख थिए । उनी न्यूरो सर्जरी सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा भाग लिन फागुन २४ गते ढाका गएका थिए ।

डा. थापाको निधनपछि न्यूरोको ओपीडी (बहिरंग) सेवामात्रै सामान्य चलेको छ । न्यूरोको ओपीडी अहिले डा.बेञ्जु प्रधानले हेर्दै आएकी छिन् । न्यूरोका बिरामी अस्पताल आउन नै कम भएका छन् । डा. थापाले हप्तामा २ दिन अपरेसन र ४ दिन ओपीडिमा बिरामी हेर्ने गरेका थिए ।

यस्ता बिरामीलाई मेडिकल कलेज र अन्य अस्पतालहरुमा रिफर गरिएको छ । अस्पतालका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डा. देजकुमार गौत्तमले, डा. थापा जतिको दक्ष चिकित्सक नेपालमा भेट्टाउन मुस्किल हुने बताउनु भयो।

डा. थापाले क्यान्सर अस्पतालमा सामान नभए पनि आफुले काम गर्ने निजी अस्पतालबाट समेत उपकरण ल्याएर बिरामीको अपरेसन क्यान्सर अस्पतलामा नै गर्ने गरेका थिए ।

अस्पतालका जम्मा दुई जना न्यूरो सर्जन थिए । डा। बेन्जु रश्मी प्रधान डा. थापाकै विद्यार्थी हुन् । डा. बेन्जु नेपालकै पहिलो महिला न्यूरो सर्जन हुन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan