Wednesday 19th of December | २०७५ पौष ४ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तेर्से माविका २३ शिक्षक अभिभावक बन्ने, एक एक विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan

देबराज सुबेदी , मेलम्ची । सिन्धुपाल्चोक ,तेर्से माध्यमिक विद्यालय, मेलम्ची ६, तालामाराङका २३ शिक्षकले एक एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरी छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेका छन् ।

विद्यालयमा आज सम्पन्न स्टाफ बैठकमा सो निर्णय भएको प्रधानाध्यापक कृष्ण ढुंगानाले जानकारी दिनुभयो ।

भोलिदेखि तीन दिनसम्म सञ्चालन हुने घरदैलो अभियानबाट पहिचान भएका विपन्न परिवारका २३ विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

प्रत्येक शिक्षकले कुनै एक विद्यार्थीका लागि चाहिने पाठ्यपुस्तक, कापी, दुई जोर विद्यालय पोशाक, सहयोग शुल्क व्यहोर्ने सहमति भएको शिक्षक जीतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

सबैले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गर्नुपर्ने सरकारी अभियानमा सहयोग पुर्याउन यस्तो गर्न लागिएको र यो शिक्षकका लागि अवसर भएको महिला शिक्षक सुशीला ढकालले बताउनु भएको छ ।

तेर्से मावि भवन निर्माण कार्य सम्पन्न भई सुविधा सम्पन्न भवन निर्माण भई यही शैक्षिक सत्रदेखि नवनिर्मित भवनमा पठनपाठन सुरु हुन लागेको बताइएको छ ।

कारितास स्वीटजरल्यान्डको सहयोगमा भवन निर्माण भएको छ भने टीम नेपालको सहयोगमा सीसी क्यामेरा जडानका साथै पुस्तकालय, विज्ञान प्रयोगशाला तथा कम्प्युटर कक्ष तयार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीले जानकारी दिनुभएको छ । 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan