Sunday 22nd of April | २०७५ बैशाख ९ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाडलाई कुस्ती छनोट,विवेकलाई स्वर्ण

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan

 काठमाडौं,३ बैशाख । 

       इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदका लागि कुस्ती खेलाडीको खुला छनोट प्रतियोगिता बैशाख १५ गते हुने भएको छ ।

       त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने एकदिने छनोटको पुरुष÷महिलामा समान ८–८ स्पर्धामा प्रतिस्पर्धा हुने कुस्ती मुख्य प्रशिक्षक खगेन्द्र बस्नेतले जनाएका छन् । पुरुषमा ५७, ६१, ६५, ७०, ७४, ८६, ९७ र १२५ केजी तौलसमूहमा खेल हुनेछ । महिलामा ४८, ५३, ५५, ५८, ६०, ६३, ६९ र ७५ केजीमा भिडन्त हुनेछ ।

 

माइती नेपाललाई खेल सामाग्री

अमेरिकाको बाल्टिमोरस्थित एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोले माइती नेपालका तेक्वान्दो खेलाडीलाई खेल सामाग्री उपलब्ध गराएको छ ।

एभरेष्टका संस्थापक कुमार कार्की र कल्पना कार्कीले ८० हजार मूल्य बराबरको सामाग्री माइती नेपालका निर्देशक विश्वराम खड्कालाई हस्तान्तरण गरे ।

 

विवेकलाई स्वर्ण

नेपालका विवेककुमार विकले भारतको जम्मु कश्मिरमा भएको अन्तर्राष्ट्रिय पेनकेक सिलात च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । उनले ६५ केजी तौलसमूहमा स्वर्ण जितेको नेपाल पेनकेक सिलात मार्सल आर्ट्स संघका सदस्य इन्द्रबहाुर कार्कीले जानकारी गराए ।

त्यस्तै समिर थापाले ६० केजीमा रजत तथा नन्दलाल थारुले ७५ केजी, गोविन्द चौधरीले ५० केजी र राजेश रावतले ५५ केजीमा कांस्य जिते । टोली प्रशिक्षकमा दोर्जे लामा र व्यवस्थापकमा आरसी सुवेदी रहेका छन् ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan