Monday 23rd of April | २०७५ बैशाख १० सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आर्मी र जेभियरको दोश्रो जित

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ३ सोमबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ३ बैशाख ।  नेपाल आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार लगातार दोश्रो जित हात पारेका छन् ।

       आर्मी ‘ए’ ले बलर्जलाई ७४–५१ ले परजित ग¥यो । आर्मी ‘ए’ का सदीश प्रधानले २४ अंक जोडे । पहिलो क्वाटरमा २६–१४ को अग्रता लिएको आर्मी ‘ए’ दोश्रोमा १६–१८ ले पछि प¥यो । तेश्रो र चौथो क्वाटरमा अगाडि रहेको आर्मी ‘ए’ ले क्रमशः १६–६ र १६–१३ अंक जोड्यो ।

       प्रतिस्पर्धात्मक खेलमा जेभियरले आर्मी ‘बी’ लाई ७४–७२ को साँघुरो अन्तरले हरायो । जेभियरका निकेश मगरले २३ स्कोर गरे ।

       सुरुको क्वाटरमा १५–२२ ले पछि परेको जेभियरले दोश्रो र तेश्रो क्वाटरमा अग्रता बनाउदै जित सुनिश्चित ग¥यो । जेभियरले दोश्रोमा २२–१७ र तेश्रोमा २३–१३ स्कोर ग¥यो । चौथो क्वाटर आर्मी ‘बी’ ले २०–१४ ले आफ्नो पक्षमा पारेपनि जित हात पार्न सकेन ।

       पुरुषमै बुढानीलकण्ठले युनिभर्सललाई ७९–६२ ले पन्छ्याउदै विजयी सुरुआत ग¥यो । बुढानीलकण्ठका लागि विराज रानाले १७ अंक बटुले । बुढानीलकण्ठले पहिलोमा १५–८, दोश्रोमा २२–१४, तेश्रोमा १२–१८ र चौथोमा ३०–२० को प्रदर्शन ग¥यो ।

       महिलामा समृद्ध गोरिल्लाजले आयोजक नेकोसमाथि ४८–५ को आरामदायी जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो । समृद्धकी मुना महर्जनले १५ अंक जोडिन् । ३ टोली रहेको समूह ‘बी’ मा लगातार दोश्रो पराजयसंगै नेकोस प्रतियोगिताबाट बाहिरिएको छ । नेकोस अघिल्लो दिन साइपाल एकेडेमीसंग पराजित भएको थियो । नेकोसको बहिगर्मनसंगै साइपाल पनि सेमिफाइनलमा पुग्न सफल भयो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan