Wednesday 23rd of May | २०७५ जेठ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धार्मिक सेवा केन्द्रभित्रै बलात्कार

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार |
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, ११ बैशाख । भरतपुर ३ बाह्रघरेमा स्थिति गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रभित्रै आश्रय लिइरहेका किशोरी र महिलालाई बलात्कार गर्ने गरेको आरोपमा सञ्चालक विष्णुप्रसाद शर्मा पक्राउ परेका छन् ।

पहिला पहिला पनि नियमित बलात्कार गर्ने गरेको तर नयाँ वर्ष मनाउने क्रममा सञ्चालक शर्माले आश्रममा रहेका दुई जनालाई जबर्जस्ती करणी गरेका थिए भन्ने प्रहरीले बताएको छ । बलात्कारमा पर्ने १९ वर्षकी र २७ वर्षकी अपाङ्ग हुन् ।

खुट्टा नचल्ने र सुस्तमनस्थितिका यी दुबैलाई आश्रय दिएर आश्रमभित्र बलात्कारको धन्दा अब चल्न नदिने प्रहरीले बताएको छ ।

धार्मिक संस्थाका नाममा दर्ता गरेर आश्रम चलाएको र आश्रमभित्र असमाजिक काम हुन नदिने सामाजिक अभियन्ताहरु भनिरहेका छन् तर सल्लाहकार प्रद्युम्न सापकोटाले घटना सार्वजनिक भइसकेपछि किटानी जाहेरी दिनु पनि रहस्यमय छ ।

यो घटनापछि भरतपुर महानगर र वडा कार्यालय हर्कतमा आएका छन् । आश्रमबारे छानबिन चलिरहेछ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan