Tuesday 16th of October | २०७५ असोज ३० मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देउवा जङ्गिए ! 'आफु विरोधीलार्इ ठेगान लगाउने यस्तो तयारी'

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख ११ मंगलबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, ११ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू विरोधी गतिविधि गर्ने र अभिव्यक्ति दिने नेताहरुलाई अनुशासनको कारबाही गरेर तह लगाउने तयारी गरेका छन् ।

जारी केन्द्रिय कार्य समिति बैठकमा शीर्ष नेताहरुले देउवाको बारेमा कडा आलोचना भइरहेका बेला सभापति देउवाले आफू निकटका नेताहरुसँग छलफल गरेर आफ्नो विरोध गर्नेहरुलाई र जथाभावी बोल्नेलाई अनुशासनको कारबाही गरेर ठेगान लगाउने बताएका हुन् ।

केही नेताहरुले मेरो विरुद्ध जेहाद छेड्छु भनेका छन्, जथाभावी बोलेर पार्टीको अनुशासनको घेरा नाघेका छन्, म तिनीहरुलाई कुनैपनि हालतमा छोड्दिन, अनुशासनको कारबाही गर्छु, हद गर्न थाले भने म निलम्बनसम्म गर्न सक्छु, तपाईहरु त्यही अनुसार तयारी गर्नुहोला देउवा जङ्गिए ।

उनले विरोधका नाममा केही नेताहरुले गुटमार्फत आफूलाई पेल्न थालेकोले अब आफू सहनसक्ने अवस्थामा नरहेको धारणा राखेका छन् । त्यस्तै उनले भातृ संगठनका प्रमुखहरुलाईपनि अनुशासनको दायराभित्र बस्न चेतावनी दिएको समाचार स्रोतले बतायो।

नेताहरु कृष्ण प्रसाद सिटौला, कुलबहादुर गुरुङ र अर्जुननरसिंह केसीले यतिवेला देउवाको क्याम्प छोडेर रामचन्द्र पौडेल कित्तामा पुगेका छन् ।

देउवाले रिक्त रहेका पदाधिकारीहरुमा आफू निकटका नेताहरुलाई मनोनित गरेर पौडेल समूहलाई तह लगाउने तयारी गरिरहेको समाचार स्रोतले बतायो ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan