Wednesday 23rd of May | २०७५ जेठ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिटिजन्सद्वारा ‘संगीतकार संघ नेपाल’ लाई आर्थिक सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १३ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं, १३ बैशाख । “योर पार्टनर फरप्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपाली संगीतकर्मीको उथानमा समर्पित ‘संगीतकार संघ नेपाल’लाई आर्थिक सहयोग स्वरुप रु १५००,०००÷उपलब्ध गराएको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्य तालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस संघलाई आर्थिक सहयोग प्रदान गरेको छ । 

एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा रू पन्ध्र लाखको चेक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा  हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष लक्ष्मण शेषले  उक्त रकम मेची–महाकाली  साङ्गगितिक अभियान नामक कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्न प्रयोग गरिने कुरा जानकारी गराउनु भयो ।

कुनै पनि स्रष्टा स्वास्थ्यको कारण अशक्तभएको वाउपचार गर्न आर्थिक कठिनाइ व्यहोरेको पाईएमा आर्थिक रुपमा केही सहयोग गर्न सकियोस् भनि संगीतकर्मी कल्याणकारी कोषको स्थापना गरी केही स्रष्टा–सर्जकहरु तथा संगीतकारहरुलाई आर्थिक सहयोग गर्ने कार्यको निरन्तताका निम्ति उक्त रकमको पारदर्शी ढंगले सदुपयोग गर्नुपर्ने विचार बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले व्यक्तगर्नु भयो ।

बैैंकले कारोबार शुरु गरेको एघार वर्षको समयावधिमा आफ्नो ६८ वटा शाखाहरु र ६८ वटा ए.टि.एम.बाट करिब तीनलाखपैतिस हजार ग्राहकवर्गलाई गुणस्तरीय बैकिङ्ग सेवा पु¥याउँदै आईरहेको यस बैंकले आर्थिक वर्ष २०७४।७५ को तेस्रो त्रयमास सम्ममा रु.६० अर्व २५करोड निक्षेप संकलन गरि रु. ५५ अर्व ८२ करोड कर्जा प्रवाह गरेको तथा सोहि अवधिभित्र रु.१ अर्व १७ करोड ७४ लाख संचालनमुनाफा र रु.१ अर्व ९८ लाख खुद नाफा आर्जन गरेकोे छ  जुन गत वर्ष सोहि अवधिका तुलनामा क्रमश ३२।Þ७२  प्रतिशत र १४ं।३९ प्रतिशतले वृद्धि  भएको छ ।
अब आउने निकट भविष्यमाबैंकले  संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले जानकारी गराउनु भएको प्रेस विज्ञप्तिमा जनाएको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan