Wednesday 23rd of May | २०७५ जेठ ९ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सुन काण्डमा दिपक मलहोत्रा र पूर्व एआईजी कायस्थ पनि तानिदै

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख १३ बिहिबार |
newsabhiyan
newsabhiyan

काठमाडौं,१३ बैशाख । 
त्रिभुवन विमानस्थलबाट भित्रिदै आएको तस्करीको सुन प्रकरणमा व्यापारी दिपक मल्होत्रा र पूर्व एआईजी विजयलाल कायस्थमाथि पनि अनुसन्धान शुरु गरिन लागेको छ । गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलेको नेतृत्वमा बनेको छानविन समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारेको छ ।

कायस्थमाथि १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद् गरेको झण्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएका थिए ।

स्रोतका अनुसार मल्होत्राको सुराकीको आधारमा कायस्थले सुन बरामद् गरेका थिए ।

मल्होत्राले सुन भित्र्याईं रहँदा उनको विरोधी समूहबाट आएको अवैध सुन बरामद गर्ने क्रममा कायस्थको खराव नियत बाहिर आएको थियो । कायस्थ एयरपोर्टमा रहँदा मल्होत्राले एकलौटी रुपमा सुन तस्करी गरेको छानविन समिति स्रोत बताउँछ ।

सनम शाक्य हत्या र ३३ किलो सुन काण्डको अनुसन्धान गरिरहेको गृह मन्त्रालयका सह सचिव पौडेलको समितिले अहिले उक्त फाइल खोलेको हो । समितिले महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनको सम्बन्धमा पनि अनुसन्धान शुरु गरेको बुझिएको छ ।

८८ किलो सुन तस्करीमा चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको सँलग्नता रहेको थियो । उनीहरु अझै फरार छन् । उनीहरुको डिजाइनमा भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो ।

सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध रहेको समाचार बाहिर आएको छ । यूनाइटेड पोस्टबाट 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan