Wednesday 19th of September | २०७५ असोज ३ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

आलियाको पहिरन चर्चा !

न्यूजअभियान | प्रकाशित मिति : २०७५ बैशाख २३ आइतबार |
newsabhiyan
newsabhiyan


एजेन्सी । आगामी मे ११ मा रिलिज हुने तयारीमा रहेको भारतीय फिल्म ‘राजी’को एउटा गीतको चर्चा भारतीय मिडियाले गरेका छन् ।

‘मुड के न देख दिलबरोँ’ गीतमा आलिया भट्टले करिब एक सय ७५ पटक लुगा फेरेको चर्चा मिडियामा गरिएको हो ।

यो गीतमा कास्मिरदेखि पाकिस्तानसम्मको यात्रा देखाइएको र गीत कयौँ दिन लगाएर सुटिङ गरिएकाले पहिरनमा परिवर्तन गर्नुपरेको निर्माण पक्षले जनाएको छ ।

राजीमा आलिया एक जासुसको भूमिकामा छिन् । उनले पाकिस्तानी युवासँग विवाह गरेर भारतका लागि जासुसी गरेको कथा फिल्ममा समेटिएको बताइन्छ ।

गीतको सुटिङका क्रममा आलियाले कयौँपटक पहिरन फुकाल्ने र लगाउने गर्नुपरेको प्रतिक्रिया दिएकी छिन् ।

जंगली पिक्चर्स र धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म राजीको निर्देशन मेघना गुल्जारले गरेकी हुन् । नयाँ पत्रिकाका साथमा ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan